उर्लाबारी /नेपाल प्रेस युनियन मोरङ शाखाले जिल्लाका ६ जना पत्रकारलाई सम्मान गरेको छ । मोरङको बिराटचौकस्थित सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भएको ११ ओैं अधिवेशनमा ६ जना पत्रकारहरूलाई सम्मान गरिएको हो । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार लिलाबल्लभ घिमिरेलाई , शैलजा आचार्य महिला पत्रकारिता पुरस्कार करुणा बस्नेतलाई ,गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बिनोद भण्डारीलाई ,बाबुराम निरौलालाई गिरिजाप्रसाद कोइराला युवा पत्रकारिता पुरस्कार , विक्रम निरौलालाई रमाप्रसाद – मायादेवी रिजाल पत्रकारिता पुरस्क
विराटनगर / स्थानीय बजार प्रवर्द्धनका लागि भन्सार नाकामा कडाइ गर्न विभिन्न सरोकारवाला निकायसित विराटनगर महानगरपालिकाले समन्वय मात्रै गरेको स्पष्ट पारेको छ । विज्ञप्ति जारी गर्दै महानगरले स्थानीय व्यापारी, उद्योगी, व्यवसायीले स्थानीय प्रशासन, प्रहरी, भन्सार, राजस्वलगायतका निकायसित समन्वय गरी भन्सार नाकामा कडाइ गरिदिन पटक–पटक आग्रह गरेअनुसार महानगरले समन्वय गरिदिएको जनाएको छ । “स्थानीय व्यापारीले विराटनगरको व्यापार धाराशायी भएका कारण पलायन हुनुपर्ने अवस्था आएको, महानगरसहित राज्यलाई तिर्नुपर्ने कर तिर्न नसक्ने अवस्था सिर्जना भएको, मजदुर र कर्मचारीको तलब दिन गाह्रो भएको भन्दै पटक
धरान / धरानका पुर्व मेयर स्वर्गीय तारा सुब्बाको पाचौं स्मृति दिवसमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेकपा धरान उपमहानगर कमिटिको आयोजनामा आज सोमबार धरान १९ स्थित हरियाली सामुदायिक वनमा रहेको उनको सालिकमा माल्र्पापण सँगै धरान १६ स्थित तारा सुब्बा पार्कमा रक्तदान कार्यक्रम गरि मनाएको छ । हरियाली वन समुहको हाताभित्र स्वर्गीय मेयर तारा सुब्बाको सालिक सहितको पार्क पनि निर्माण भएको छ । मेयर सुब्बाको अर्धकदको सालिकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राई, केन्द्रिय सदस्य मञ्जु भण्डारी लगायत प्रदेश र सुनसरी जिल्लाका नेता, कार्यकर्ता तथा जनप्रतिनिधीहरूले माल्
धरान/ सुनचाँदी ब्यबसायी एक युवाले आत्मदाहको प्रयास गरेका छन् । धरानको भानु चोकमा आज धरान ३ माछाभौडीका यौवन खड्गीले आत्मदाहको प्रयास गरेका हुन् । ३ नम्बर वडाका वडाध्यक्ष विद्या शाक्यका अनुसार आत्मदाह प्रयास गरेका खड्गीलाई प्रहरीले उद्धार गरी इलाका प्रहरी कार्यालयमा लगेका छन् । शाक्यका अनुसार खड्गी धरान ३ जयन्ती स्टोरका संञ्चालक हुन । लेनदेनको विषयलाई लिएर आफूलाई केही व्यक्तिहरूले तनाव दिएको भन्दै आत्मदाहाको प्रयास गरेको उनलाई उदृत गर्दै शाक्यले बताए ।
काठमाडौं/ शुल्क लिएर संचालन रहेका बिदेशी च्यानल आज देखि बन्द भएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागे बमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले सस्शुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रशारण विभागले जनाएको हो। मन्त्रालयले पछिल्लोपटक असार १७ गते वितरकहरुलाई पत्राचार गर्दै असार २८ गतेभित्र दररेट प्रस्ताव गर्न ताकेता गरेको थियो । त्यसको पनि वितरकले बेवास्ता गरेपछि सबै सस्शुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने अवस्था आएको सूचना विभागको भनाइ छ । भारतीय सःशुल्क (पे) टीभी च्यानल प्रसारक
धरान/ साउनको महिना । बोलबमको महिना । त्यसमा पनि साउनको सोमबार भगवान शिवका प्रिय बार । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा गेरवस्त्र (पहिलो वस्त्र) धारी भक्तजनहरु उल्लेख्य रुपमा जल चढाउन आएका छन् । साउनभरि मलबास पर्ने भएकोले पहिलो सोमबार नै अत्याधिक भीड बढेको हो । भक्तजनहरुको घुइाचोका कारण व्यवस्थापनमा कठिनाई भएको छ । धर्मप्रति आस्था बढेकै कारण बोलबम भक्तजनहरुको संख्यामा समेत बृद्धि भएको बुद्धिजीवि एवम् समाजसेवी प्रा.डा. राजेन्द्र शर्माले बताउनुभयो । उनले यो बर्ष एक महिना मलवास परेका कारण पहिलो हप्तामै भक्तजनहरुको उल्लेख्य भीड रहेको बताए । उनले भने–‘ एकै महिनामा
धरान/ धरान १४ विजयपुर जाने मुल गेटमै एउटा चर्ज बन्यो । हिन्दु सनातन धर्मालम्बीहरुको मठ मन्दिर जाने मुल प्रवेशद्वारा गोपाल मन्दिर अगाडि चर्च बनेको हो । यो चर्च निर्माणपछि अहिले यो विवादको विषय बनेको छ । विजयपुर क्षेत्र धार्मिक समन्वय समिति र ख्रिस्टिय समाज धरानले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउदै ज्ञापनदिने काम सम्पन्न भए । तर यो कुराको विवाद चर्किदै गएपछि यस विषयमा टुंगो लगाउन धरान उपमहनगरपालिकामा दुवै पक्षबीच छलफल भएको थियो । तर छलफल निस्कर्ष विहीन टुगिएको छ । धार्मिक पर्यटकीय स्थल विजयपुरको गोपाल मन्दिर अगाडि चर्च निर्मार्ण भएपछि धार्मिक सहिष्णुता खल्बिलिन सक्ने भन्दै विजयप
शैक्षिक ग्रुप बनाएर चारवटा शैक्षिक संस्था एकैसाथ सञ्चालन गर्ने पहिलो नै हो, धरानको युएन एजुकेसनल ग्रुप । ग्रुपद्वारा सञ्चालन भएका युएन कलेज र नवोदय कलेज प्रदेश एककै उत्कृष्ट कलेजका रूपमा मानिएका छन् । अझ होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टमा यस कलेजले १० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ । विद्यार्थी केन्द्रित शिक्षण शैलीले नै विद्यालयलाई उत्कृष्ट बनाइरहेको छ । दुईवटा कलेजसहित दुईवटा विद्यालय सञ्चालन गरिरहेको ग्रुपका निर्देशक तथा युएन कलेजका प्रमुख डम्बर तुम्बापोसँग कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश: १. होटल मेनेजमेन्टमा युएन कलेज ब्राण्ड बनेको छ, कसरी सम्भव बनाउनुभयो ?
भोजपुर/ स्थानीय सरकारले प्रशासनसँग सहकार्य गरेर अपांग असहाय तथा फरक क्षमता भएकाहरुका लागि सहयोग पुर्याउदै आएको छ । प्रशासनले घरमै पुगेर उनीहरुलाई नागरिकता वितरण कार्य शुरु गरेको हो । नागरिकता नपाएर दुःख पाएकाहरुलार्ई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर सेवा प्रदान गरेको छ । पहिलो चरणमा प्रशासन कार्यालय भोजपुरले पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गर्दा उनीहरु हर्षित बनेका छन् । पौवादुङमा गाउँपालिका–४ र ६ का अपाग, अशक्त र फरक क्षमता भएका नागरिकलाई घर–घरमै गएर नागरिकता वितरण प्रमुख जिल्ला अधिकारी
धरान । बाढीको उच्च जोखिमलाई मध्यनगर गरी धरान उपमहानगरपालिका वडा नं. १४ को अगुवाई स्थानीयको सक्रियतामा खोलामा तट्बन्धन कार्य शुरु गरेका छन् । धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा प्रत्येक शुक्रबार सरसफाइ अभियान गर्दै आएका वडाबासीले अब भने प्रत्येक शनिवार श्रमदान गर्ने भएका हुन् । धरान १४ लाई पर्यटककको रोजाइमा पार्नका लागि अब नियमित श्रमदान गर्ने जनाइएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा श्रम सँँस्कृतिको विकास गरेसँगै वडाहरुले पनि त्यसको अनुशरण गर्न थालेका छन् । केही समय अगाडि धरान ४ का स्थानीयहरुले धरान ४ र १४ को सीमामा रहेको सेती खोलामा श्रमदानबाट तटबन्दनको काम गरे लगत्तै ध