समाचार

    Showing 2,631-2,640 of 10,129 items.
  • सिधा भैरहवा–बैंकक सम्मको उडान शुरु

    भैरहवा । थाई एयर एशियाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा परीक्षण उडान गरेको छ । बैंकक–भैरहवा–बैंकक उडान आगामी शुक्रबारबाट उडान गर्न लागेको थाई एयर एशियाले आज (आइतबार_ बिहान परीक्षण उडान भरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाई एयर एशियाले भैरहवाबाट साताको दुई दिन उडान गर्नेछ । अब ८ नोभम्बर ९२३ मंसिर० मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७।४० बजे बैंकक प्रस्थान गरी सकेको छ । विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए । आज बिहान ७ बजे थाईएयर एसियाको विमान अवतरण गरे

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • 574 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भाइटिकाको दिन,अरिंगालले टोक्दा दिदी–भाइको मृत्यु

    बझाङ । बझाङमा अरिंगालको टोकाइबाट दिदी–भाइको मृत्यु भएको छ । थलारा गाउँपालिका–२ डोरगाउँका तीन वर्षीय सुरबीर खाती र पाँच वर्षीया सिया खातीको मृत्यु भएको हो । उनीहरू दिदीभाइ हुन् । अरिंगालको टोकाइबाट अन्य तीन जना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रविन्द्र खातीले बताए । उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा रहेकी छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिंगालले उनीहरूलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले जानक

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • 479 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज भाइटीका,शुभ साइत ११ बजेर ३७ मिनेटमा

    काठमाडौं । आज तिहारको अन्तिम दिन भाइटीका । दिदीबहिनीले दाजुभाईलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइन्छ । भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनी पूर्व र दाजुभाई पश्चिम फर्किएर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।तिहारको टीकाको दिन दिदीबहिनीले दाजुभाईलाई तथा दाजुभाईले दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ । टीका लगाएपछि दाजुभाईले दिदीबहिनीलाई दान, दक्षिणा एवम् वस्त्र दिने परम्प

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • 659 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीका मुख्यमन्त्रीद्धारा नेपाल संबतको शुभकामना

    धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाल संबत ११४५ को शुभकामना दिएका छन् ।आज नेपाल सम्बत्को अवसरमा नेपालको मौलिक सम्बत् रहेको बताउँदै मुख्यमन्त्री कार्कीले नयाँ वर्षले सद्भाव, सहिष्णुता र र बन्धुत्वको भावना वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । उनले नेपालीहरुको हरेक चाडपर्वहरुले नेपाली समाजको सहिष्णुता र एकतालाई प्रर्वद्धन गर्ने बताएका छन् ।मुख्यमन्त्री कार्कीले लिच्छवी राजा राधवदेवको पालामा १४४५ वर्ष अघि राष्ट्रिय विभुति शंखधर साख्वाःले काठमाडौं उपत्यकाका किसानको ऋण मोचन गरी नेपाल सम्बत् चलनमा ल्याएको उल्लेख गर्दै उहाँको यो कार्यले लोककल्याण एवं समाजको हित, उन्नती र प्रगतिका

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी दृष्टि विहीन गंगाको गीत रेकर्ड र घरबास बनाउने तयारी

    धरान ।बिहान बेलुका छाक टार्नको लागि धरानको सडक र गल्लीमा गीत गाएर हिड्ने दृष्टि विहीन धरान १५ कि गंगा भुजेललाई सामाजिक अभियान्ता तथा शिक्षक संगम पौडेलको माध्यमद्धारा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । धरानको सडकमा समुधर गीतको आवाज सुनेर नजिकैं गएर नियालेपछि आफ्नै कलेज अध्ययन गर्दाकी सहपाठी भुजेललाई भेटेपछि धरान ६ पानबारीका पौडेलले आर्थिक सहयाग संकलन सामाजिक सञ्जाल मार्फत आव्हान गरेका थिए । दशै अघि पनि उनले भुजेलको लागि दशैं खर्च सहयोग संकलन मार्फत नै आर्थिक सहायता गरेका थिए ।विहीबार पनि तिहार खर्च पौडेलकै माध्यमद्धारा सहयोग प्राप्त भएको छ । happy tiktok family बाट दश हजार पाँच सय र

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 788 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस बर्षको पानी सुल्केको उपाधी फेरी राहुललाई,को हुन् राहुल ?

    बराहक्षेत्र। सुनसरीको बराहक्षेमा कार्तिक १६ गते सम्पन्न भएको दोश्रो पानी सुल्के प्रतियोगितामा गत सालको विजेता राहुल लिम्बू बिजयी भएका छन् । दोस्रो स्टोन स्किपिङ च्याम्पियनसिप पानी सुल्के प्रतियोगिता विजयी भएका छन् ।उनी ८८ प्रतिस्पर्धीलाई उछिन्दै लगातार दोश्रो पटक पनि विजेता बनेका हुन् ।इन्ट्री राउण्डमा १२ स्किप गरेका उनले फानल राउण्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भए । उनले उपाधिसहित २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।दोस्रो उपाधि विजेता रिमबहादुर माझीले फाइनल राउण्डमा १३ स्किप गरे ।तेस्रो उपाधि विजेता गोपी राईले १२ स्किप गर्दै तेस्रो बने । उनीहरूले क्रमशः नगद १५ हजार रुपैयाँ

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज गोवर्धन पूजा,गाईगोरु पूजा, म्हपूजा, हलि तिहार

    गोवर्धन पूजा र हलि तिहारआज गोवर्द्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ । श्रीमद्भागवत गीतामा उल्लेख प्रसङ्गभगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगव

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 492 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घट्यो

    काठमाडौँ ।.नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आ

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 455 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज तिहारको कुनै पर्व छैन,किन यस्तो भयो(हेर्नहोस्)

    धरान । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि शुक्रबार कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कात्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 524 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नेपाल संवत् ११४५ को शुभकामना,संवत् प्रचलनमा आउन नसकेको प्रति चिन्ता

    धरान । धरानमा नेपाल संवत् ११४५ को शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना सिद्धि नेवाः परिषद्ले गरेको छ । नेपाल संवत्लाई नेपाल सरकारले राष्ट्रिय संवत्को रुपमा मान्यता दिए पनि किन यो संवत् प्रचलनमा आउन सकेन भन्ने विषयमा विचार विमर्श गर्न सवैले आ आफ्नो क्षेत्रबाट प्रयोगमा ल्याउन आवश्यक रहेको प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य माननीय विजय राईले बताए । सिद्धि नेवाः परिषद्को आयोजनामा बुधबार धरान ७ स्थित परिषद्को सभाहलमा सम्पन्न भएको थियो ।नेपाल संवत्का प्रणेता शंखधर शाख्वाको तस्विर तथा सिद्धि नेवाः परिषद्का जग्गा दाता दानविर सिद्धिमान् गंगालक्ष्मी पलिखेको प्रनितभामा माल्यापण गरेर कार्यक्रम

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • 560 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved