सिधा भैरहवा–बैंकक सम्मको उडान शुरु

  • कार्तिक १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

भैरहवा । थाई एयर एशियाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा परीक्षण उडान गरेको छ ।
बैंकक–भैरहवा–बैंकक उडान आगामी शुक्रबारबाट उडान गर्न लागेको थाई एयर एशियाले आज (आइतबार_ बिहान परीक्षण उडान भरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाई एयर एशियाले भैरहवाबाट साताको दुई दिन उडान गर्नेछ ।

अब ८ नोभम्बर ९२३ मंसिर० मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७।४० बजे बैंकक प्रस्थान गरी सकेको छ । विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए । आज बिहान ७ बजे थाईएयर एसियाको विमान अवतरण गरेको थियो ।

चालक दलका सात सदस्य रहेको विमान करिब ४० मिनेटपछि बैंकक गएको विमानस्थलले जनाएको छ । थाई एअर एशियाको केही दिनअघि मात्रै भैरहवा र पुनः उडान काठमाडौंमा सुरु गर्न अनुमति पाएको थियो । टिकट बिक्री लगायत बजार प्रवर्द्धनको कामको तयारी भइरहेको विमानस्थलले जनाएको छ ।

पर्यटन व्यवसायी सीपी श्रेष्ठले सरकार विगतमा जस्तै यात्रु अभावको कारण देखाउंदै विमान कम्पनीहरुले उडान नगर्ने जोखिम अझै रहेको बताउँछन् ।विगतमा पनि जजिरा सहित एअरलाइन्सले केही समय उडान गरेपनि एक महिनापछि बन्द गरेका थिए ।

अन्तर्राष्ट्रिय उडानहरु नियमित र पर्याप्त नहुँदा विममानस्थल लक्षित गरी होटल लगायत पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको करिब ८० अर्ब रुपैयाँ लगानीका व्यवसाय जोखिम र संकटमा परेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved