मोडर्न स्कुलमा सिद्धिचरण श्रेष्ठ जन्मजयन्तीमा सिर्जना विद्यार्थीमा नेपाली साहित्यप्रति बढ्दै रुचि

  • जेठ १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल ले युगकवि सिद्धिचरण श्रेष्ठ को जन्मजयन्तीको अवसरमा विशेष सिर्जना वाचन कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरूमा नेपाली साहित्यप्रति रुचि जगाउने प्रयास गरेको छ।

वि.सं. २०४९ सालदेखि इटहरीमा स्थापित तथा हाल नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको इटहरी–६ स्थित विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ।

कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले करिब ३० वटा कविता वाचन गर्दै आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरेका थिए।

प्रधानाध्यापक पद्मराज सापकोटा को अध्यक्षतामा सम्पन्न कार्यक्रम कक्षा ९ का विद्यार्थी प्रशिका निरौला र युना लवर ले आकर्षक ढंगले सञ्चालन गरेका थिए।

नेपाली शिक्षिका अनिता पौडेल ले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने सामाजिक विषय शिक्षिका इन्दिरा पौडेल ले कविता वाचनमार्फत कार्यक्रमलाई थप प्रेरणादायी बनाएकी थिइन्।

अतिथिका रूपमा सहभागी साहित्यकार तथा शिक्षक जयप्रकाश काफ्ले ले समिक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापन गर्दै प्रधानाध्यापक सापकोटाले अल्फा जेनेरेसनका विद्यार्थीहरूमा नेपाली कविता र साहित्यप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै यसलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक–शिक्षिका तथा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved