विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ को प्रवेश परीक्षा सम्पन्न

  • जेठ ४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  मोरङको विराटनगरस्थित कान्तिपुर कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ को प्रवेश परीक्षा सम्पन्न गरेको छ।

एसईई को नतिजा सार्वजनिक भएलगत्तै भर्ना खुला गरेको कलेजले आइतबार प्रवेश परीक्षा लिएको हो। प्रवेश परीक्षामा विराटनगरका साथै छिमेकी जिल्लाहरू र मधेस प्रदेशका विभिन्न स्थानबाट उल्लेख्य संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्।

विद्यार्थीहरूको ठूलो संख्यामा भएको सहभागिताले कलेज परिवारमा थप उत्साह थपेको कलेजका प्रिन्सिपल भुवन नेपालले बताउनुभयो।

प्रिन्सिपल नेपालका अनुसार कलेजले यस वर्ष कुल १ हजार २० जना नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेको छ। जसमध्ये विज्ञान संकायतर्फ ३४० जना, व्यवस्थापन संकायतर्फ ४८० जना र होटल व्यवस्थापनतर्फ २२० जना विद्यार्थी भर्ना गरिनेछ।

गत वर्षको तुलनामा यस वर्ष विद्यार्थीहरूको सहभागिता र अभिभावकहरूको विश्वास अझ बढेको पाएका छौँ, यसले हामीलाई थप जिम्मेवार बनाएको छ, प्रिन्सिपल नेपालले भन्नुभयो।

प्रवेश परीक्षाको नतिजा एक दिनभित्रै सार्वजनिक गर्ने कलेजको तयारी छ। कोशी प्रदेशको एक अब्बल शैक्षिक संस्थाको रूपमा स्थापित यस कलेजमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयको पढाइ हुँदै आएको छ।

अनुभवी शिक्षकहरू, अत्याधुनिक प्रयोगशाला (भौतिक, रसायन र जीवविज्ञान ल्याब) र विगतका वर्षहरूमा विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजाका कारण कान्तिपुर कलेज विद्यार्थीहरूको रोजाइमा परेको हो।

परीक्षामा सहभागी एक विद्यार्थीले भने, यहाँको शैक्षिक वातावरण, अनुभवी शिक्षक र नेपाल टपरसमेत उत्पादन गरिसकेको इतिहास भएकाले मैले यो कलेज रोजेको हुँ।

गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेका कारण कान्तिपुर कलेज पछिल्लो समय विद्यार्थी र अभिभावकको भरपर्दो शैक्षिक गन्तव्य बन्दै गएको छ।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved