धरानबाट फिदिम जाँदै गरेको मिनीबस धनकुटामा दुर्घटना ३ घाइते, एक महिला यात्रुको अवस्था चिन्ताजनक

  • जेठ ४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ धरानबाट फिदिमतर्फ जाँदै गरेको मिनीबस धनकुटाको नावाखोला क्षेत्रमा सोमबार बिहान दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

घाइतेमध्ये एक महिला यात्रुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

पाँचथर–तमोर करिडोर अन्तर्गत पर्ने धनकुटा–पाँचथर सडक खण्डमा बिहान करिब साढे ९ बजे प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको मिनीबस दुर्घटनामा परेको हो।

दुर्घटनामा फाल्गुनन्द गाउँपालिका–१का २८ वर्षीय चालक तेजबहादुर चेम्जोङ गम्भीर घाइते भएका छन् भने अन्य दुई घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार क्षेत्रीका अनुसार घटनास्थलमा तत्काल उद्धार टोली परिचालन गरिएको छ। गम्भीर घाइतेमध्ये एक महिला यात्रु बसभित्रै च्यापिएको अवस्थामा फेला परेकी छन् र उनको उद्धार कार्य जारी रहेको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved