विज्ञान प्रवर्द्धन कार्यक्रममा छनोट पब्लिक हाइस्कुल, कक्षा ११ मा १०० प्रतिशत छात्रवृत्ति

  • जेठ १, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल सरकारको विज्ञान प्रवर्द्धन कार्यक्रमअन्तर्गत सुनसरीबाट छनोट भएका दुई विद्यालयमध्ये पब्लिक हाइस्कुल परेको छ।

यसअघि नमुना विद्यालयको पहिचान बनाइसकेको विद्यालयले अब विज्ञान शिक्षाको केन्द्रका रूपमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको हो।

सामुदायिक विद्यालयलाई गुणस्तरीय र आधुनिक शिक्षाको केन्द्र बनाउने लक्ष्यसहित विद्यालयले कक्षा ११ भर्नाका लागि विशेष योजना सार्वजनिक गरेको छ।

विद्यालयले आगामी जेठ ६ गते प्रवेश परीक्षा सञ्चालन गर्ने र उत्कृष्ट विद्यार्थीलाई सय प्रतिशतसम्म छात्रवृत्ति दिने घोषणा गरेको छ।

शुक्रबार आयोजित ‘शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले नयाँ शैक्षिक योजना, आधुनिक पूर्वाधार, छात्रवृत्ति व्यवस्था र गुणस्तर सुधार अभियानबारे जानकारी दिएका हुन्।

उनका अनुसार एसईईमा ३.६ भन्दा माथि जीपीए ल्याउने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ।

“हाम्रो लक्ष्य केवल विद्यार्थी भर्ना गर्नु मात्र होइन, यस क्षेत्रका जेहेन्दार विद्यार्थीलाई सामुदायिक विद्यालयमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिनु हो,” उनले बताए।

ppp

विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, स्मार्ट कक्षाकोठा, वाइफाइ सुविधा र विशाल ई–लाइब्रेरीको व्यवस्था गरिएको छ।

प्लस टुसहित करिब ३ हजार विद्यार्थी अध्ययनरत छन्।

त्यस्तै, होटल व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीका लागि ‘पब्लिक रेष्ट्रो’ सञ्चालनमा ल्याइएको छ, जहाँ विद्यार्थीले ‘पढ्दै र कमाउँदै’ अवधारणाअनुसार व्यवहारिक सिकाइ गर्न पाउनेछन्।

साथै व्युटिसियन, हेयरकटिङलगायत सीपमूलक कार्यक्रम पनि सञ्चालनमा छन्।

विद्यालय प्रशासनले सामुदायिक विद्यालयलाई निजी विद्यालयसरह प्रतिस्पर्धी बनाउने लक्ष्यसहित गुणस्तरीय शिक्षा, प्रविधिमैत्री वातावरण र व्यवहारिक सिकाइमा विशेष जोड दिएको जनाएको छ।

696971425_1418772963600242_6826853946406986143_n

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved