धरान/ सुनसरीकाे धरान–१६ अन्नपूर्ण लाइनमा अस्थित युएन नवोदय कलेजले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना खुला गर्दै जेठ ११ गते सोमबार बिहान १० बजेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ।
धरानमा २०११ सालदेखि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको कलेजले यस वर्ष विज्ञान, होटल व्यवस्थापन, व्यवस्थापन (वाणिज्य) र कम्प्युटर विज्ञान विषयमा अध्ययनको अवसर प्रदान गरिरहेको जनाएको छ।
कलेजले विद्यार्थीका लागि छात्र तथा छात्रा छात्रावास, कलेज बस सेवा लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ। उत्कृष्ट नतिजा र व्यवस्थित शैक्षिक वातावरणका कारण युएन नवोदय कलेज पछिल्लो समय विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सफल भएको छ।
कलेज प्रशासनले प्रवेश परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीलाई समयमै सम्पर्क गरी आवेदन दिन आग्रह गरेको छ।
