पहिलोपटक सबैभन्दा ठूलो किरात तीर्थयात्रा टोलीद्वारा फक्ताङ्लुङमा विशेष पूजा ६३ किरात धर्मावलम्बीले गरे लक्ष्य पूजा र लधुङ्सेमी पूजा

  • वैशाख ३१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

फणिन्द्र तिम्सिना

सुनसरी/ इलामस्थित माङ्गेन्ना माङ्हीम र सत्यहाङ्मा सेवा सावा सङ्घ को संयुक्त आयोजनामा पहिलो पटक ऐतिहासिक तथा अहिलेसम्मकै सबैभन्दा ठूलो किरात धर्मावलम्बीहरूको तीर्थयात्रा टोलीले फक्ताङ्लुङ (कुम्भकर्ण हिमाल) मा पुगेर धार्मिक पूजा तथा अनुष्ठान सम्पन्न गरेको छ।

तीर्थयात्रा टोलीले घुन्सामा लक्ष्य पूजा, हजारे ओडारमा विशेष धार्मिक अनुष्ठान तथा सेवा लुङमा लधुङ्सेमी पूजा सम्पन्न गरेको आयोजकले जनाएको छ। यो यात्रालाई किरात धर्मावलम्बीहरूको आस्था, विश्वास र धार्मिक एकताको प्रतीकका रूपमा हेरिएको छ।

किरात धर्मका राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द ले वि.सं. १९९३ सालमा १२ जना चेला–भुलासहित पहिलो पटक फक्ताङ्लुङको यात्रा गर्नुभएको थियो।

त्यसपछि वि.सं. १९९४ सालमा ५० जना चेला–भुलासहित दोस्रो यात्रा गर्नुभएको थियो भने वि.सं. २००० सालसम्म निरन्तर सात पटक फक्ताङ्लुङ यात्रा गरी यस क्षेत्रलाई किरात धर्ममा विशेष धार्मिक महत्व प्रदान गर्नुभएको इतिहास रहेको छ।

किरात धर्मावलम्बीहरूका लागि फक्ताङ्लुङ (कुम्भकर्ण हिमाल) लाई ‘चोत्लुङ’, अर्थात् उद्गमस्थल तथा आस्थाको केन्द्रविन्दुको रूपमा मानिन्छ।

यहाँ पुगेर पूजा–आराधना गरेपछि मुक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको मणिकुमार इधिङ्गो ले बताउनुभयो।

यस ऐतिहासिक तीर्थयात्राको अध्यक्षता मणिकुमार इधिङ्गो ले गर्नुभएको थियो भने हरेक पूजा तथा धार्मिक कार्यक्रम डम्बर कुमार तुम्बापो को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

टोलीको उपाध्यक्षमा काजी थेबे, सचिवमा सङ्गीता थलङ तुम्बापो र कोषाध्यक्षमा टेक राज निङ्लेकु रहनुभएको थियो।

कुल ६३ सदस्यीय तीर्थयात्रा टोलीमा ७० वर्षभन्दा माथिका १५ जना ज्येष्ठ धर्मावलम्बीहरूको सहभागिता रहेको थियो, जसले यो यात्रालाई अझ विशेष र प्रेरणादायी बनाएको आयोजकको भनाइ छ।

यस यात्राले किरात धर्मको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा धार्मिक चेतना फैलाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved