जापान पढ्न चाहने विद्यार्थीका लागि चुबासाको आकर्षक अफर, ५०% सम्म छात्रवृत्ति

  • वैशाख २५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि धरानस्थित Chubasa Global Education Foundation⁠ ले आकर्षक छात्रवृत्ति तथा निःशुल्क सीपमूलक तालिम कार्यक्रम घोषणा गरेको छ ।

 नेपालमा कक्षा १२ को परीक्षा सकिन लागेसँगै वैदेशिक अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूको रोजाइमा जापान अग्रस्थानमा पर्न थालेको छ ।

यही सन्दर्भमा धरानस्थित Chubasa Global Education Foundation⁠ ले पत्रकार सम्मेलन गर्दै जापान अध्ययनका लागि नयाँ अवसर, छात्रवृत्ति तथा विशेष सहुलियत कार्यक्रम सार्वजनिक गरेको छ ।

संस्थाका एकेडेमिक एडभाइजर दुर्गा सुवेदी ले पछिल्लो समय अष्ट्रेलिया, अमेरिका र क्यानडामा भिसा सफलता दर घट्दै गएको तथा बेलायतमा अध्ययन खर्च अत्यधिक महँगो बन्दै गएकाले जापान नेपाली विद्यार्थीका लागि भरपर्दो र सहज गन्तव्य बनेको बताए ।

उनका अनुसार मध्यमवर्गीय परिवारका विद्यार्थीले कम लागतमा गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र अध्ययनसँगै रोजगारीको अवसर पाउन सक्ने भएकाले जापानप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ ।

संस्थाबाट यही वर्ष मात्रै १३ जना विद्यार्थीले जापान अध्ययनका लागि भिसा प्राप्त गरिसकेको जानकारी पनि उनले दिए ।

“हामी विगत झन्डै एक दशकदेखि विद्यार्थीहरूको जापान अध्ययन गर्ने सपना पूरा गर्दै आएका छौँ,” सुवेदीले भने, “सही कागजपत्र तयारीदेखि कलेज छनोट र भिसा प्रक्रियासम्म विद्यार्थी र अभिभावकलाई सहज हुने गरी सम्पूर्ण परामर्श तथा सहयोग प्रदान गर्दै आएका छौँ ।”

संस्थाका म्यानेजर ईसाक खड्का का अनुसार Chubasa Global Education Foundation⁠ नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त संस्था हो ।

संस्थाको सेवा काठमाडौं, इटहरी, धरान, धनकुटा, रुपन्देही र बाग्लुङसम्म विस्तार गरिएको छ, जसले विद्यार्थीलाई आफ्नै पायक पर्ने स्थानबाट सहज सेवा लिन सक्ने वातावरण बनाएको छ ।

संस्थाले जापानमा अध्ययन तथा कामको अनुभव भएका शिक्षक र परामर्शदातामार्फत व्यवहारिक र वास्तविक परामर्श दिँदै आएको जनाएको छ ।

नेपालमा भाषा अध्ययन सुरु गरेदेखि जापान पुगेपछिसम्म पनि विद्यार्थीलाई निरन्तर सहयोग गरिने संस्थाको दाबी छ ।

नेपाल सरकारले कक्षा ११ र १२ को पाठ्यक्रममा जापानी भाषा समावेश गरेपछि विद्यार्थीहरूको आकर्षण जापानतर्फ अझ बढेको म्यानेजर खड्काले बताए ।

“जापानमा अध्ययनसँगै सीपमूलक तालिमले विद्यार्थीको भविष्यलाई थप सुनिश्चित बनाउँछ,” उनले भने ।

संस्थाले आफ्नो चौथो वार्षिकोत्सव मनाउँदै पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष छात्रवृत्ति कार्यक्रमसमेत घोषणा गरेको छ । पहिलो २० जना विद्यार्थीलाई ५० प्रतिशत र त्यसपछिका २० जनालाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाएको छ ।

साथै जापानी भाषा अध्ययन गर्ने विद्यार्थीहरूलाई बरिस्टा, सुसी बनाउने तथा मिक्सोलोजी जस्ता सीपमूलक तालिम निःशुल्क उपलब्ध गराइनेछ ।

त्यसैगरी पत्रकारहरूको सिफारिसमा एक जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिने घोषणा पनि संस्थाले गरेको छ ।

कार्यक्रममा जापानी भाषाका शिक्षक सुवास लिम्बु तथा डकुमेन्टेसन स्टाफ रोजीना कार्की ले जापान अध्ययनको अवसर, भाषा शिक्षाको महत्व र विद्यार्थीलाई उपलब्ध गराइने सेवाबारे जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी मार्केटिङ हेड निकिता पराजुली ले गरेकी थिइन् ।

पत्रकार सम्मेलनमार्फत Chubasa Global Education Foundation⁠ ले आगामी दिनमा अझ गुणस्तरीय सेवा, सही परामर्श र विद्यार्थीमैत्री वातावरणमार्फत नेपाली विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved