धरानमा विज्ञान सम्मेलन: बाँदर व्यवस्थापनदेखि भूमिगत पानीसम्म गहन छलफल हुने

  • वैशाख १६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार मा विज्ञान तथा प्रविधि विषयक प्रादेशिक सम्मेलन वैशाख १८ र १९ गते आयोजना हुने भएको छ।

सम्मेलनमा देशभर देखिँदै आएका विभिन्न ज्वलन्त समस्यामाथि वैज्ञानिक दृष्टिकोणबाट छलफल गरिने आयोजकले जनाएको छ।

सम्मेलनका संयोजक सहायक क्याम्पस प्रमुख बन्टी श्रेष्ठ ले बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै बाँदर व्यवस्थापन, स्वास्थ्यकर मासु उत्पादन, भूमिगत पानीको अवस्था जस्ता विषयमा केन्द्रित भएर दर्जनभन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिने बताए।

उनका अनुसार विज्ञान, स्वास्थ्य, वातावरण, खाद्य प्रविधि, जलस्रोत तथा भू–गर्भ विज्ञानसँग सम्बन्धित विविध क्षेत्रमा अध्ययन–अनुसन्धान प्रस्तुत गरिनेछ।

आयोजक समिति सदस्य उप-प्राध्यापक धिरेन लिम्बु का अनुसार सम्मेलनको पहिलो दिन उद्घाटन सत्रपछि खाद्य विज्ञान, पोषण, कृषि तथा जैविक प्रविधिसम्बन्धी अनुसन्धान प्रस्तुत गरिनेछ। ती विषयहरूमा विशेषगरी कोशी प्रदेशका स्थानीय समस्यालाई केन्द्रमा राखेर छलफल गरिने र त्यसबाट निष्कर्ष निकाल्ने लक्ष्य लिइएको उनले बताए।

त्यस्तै, दोस्रो दिन स्वास्थ्य विज्ञान, वातावरण, जलस्रोत, जीवविज्ञान तथा भू–विज्ञानसँग सम्बन्धित अनुसन्धानहरू प्रस्तुत हुने तालिका रहेको छ। पानीको गुणस्तर परीक्षण, सूक्ष्म जीवको अध्ययन, जैविक विविधता तथा भूगर्भीय अवस्थासम्बन्धी अनुसन्धानहरू पनि प्रस्तुत गरिनेछन्। यी सबै विषयहरूलाई व्यवहारिक रूपमा उपयोगी बनाउने उद्देश्यले विज्ञहरूबीच अन्तरक्रिया गरिने आयोजकको भनाइ छ।

सम्मेलनको अन्तिम सत्रमा प्रस्तुत गरिएका अनुसन्धानहरूको समग्र प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम समापन गरिनेछ। आयोजकका अनुसार यस सम्मेलनले अनुसन्धानकर्ता, वैज्ञानिक तथा विद्यार्थीहरूबीच ज्ञान आदान–प्रदान गर्ने र नयाँ खोज तथा अनुसन्धानका लागि साझा मञ्च प्रदान गर्नेछ।

साथै, क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले समेत आफ्ना अनुसन्धानपत्र प्रस्तुत गर्ने भएकाले युवा पुस्तामा अनुसन्धानप्रति रुचि बढ्ने विश्वास गरिएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved