वराहक्षेत्रमा होटल तथा होमस्टे सञ्चालकका लागि हस्पिटालिटी व्यवस्थापन तालिम

  • वैशाख १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले होटल तथा होमस्टे सञ्चालकहरूलाई लक्षित गरी हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरेको छ।

वराहक्षेत्र नगरपालिका वडा नं १ र २ पर्यटकीय क्षेत्रमा रहेका होटल, होमस्टे तथा नगरपालिकाका प्रमुख बजार क्षेत्रका व्यवसायीहरूलाई उक्त हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए ।

व्यवसायलाई कानुनी रूपमा दर्ता गरी नविकरण गर्ने, अवैध गतिविधिमा संलग्न नहुने, गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने, सरसफाइ तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्ने लगायतका विषयमा तालिम प्रदान गरिनेछ ।

चतरा स्थित तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सभाहलमा तालिम मङलवार र बुधबार दुई दिनसम्म संचालन हुनेछ ।

नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सम्पन्न तालिममा ४५ जना भन्दा बढी होटल तथा होमस्टे सञ्चालकहरूको सहभागिता रहेको थियो।

तालिममा सरसफाइ, किचन व्यवस्थापन, अतिथि सत्कार, सुविधा व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved