धरान मन्टेश्वरी एकेडेमीको दिक्षान्त समारोह सम्पन्न

  • चैत २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान मन्टेश्वरी एकेडेमी धरान–१ को वार्षिक कार्यक्रम तथा दिक्षान्त समारोह मंगलवार सम्पन्न भएको छ ।

मन्टेश्वरीले सोमवार र मंगलवार गरी दुइ दिन सैनिक भवन सभाहलमा वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न गरेको हो ।

कक्षा ५ उत्तीर्ण गरी कक्षा ६ मा प्रवेश गरेका २३ जना विद्यार्थीहरूलाई औपचारिक रूपमा दिक्षित गरिएको थियो ।

दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री प्रदिप कुमार सुनुवारले विद्यार्थीहरुलाई प्रमाण पत्र र दिक्षान्तको कालो टोली लगाएर हौसला प्रदान गर्नु भएको थियो ।

मन्त्री सुनुवारले आजका बालबालिका भनेको भोलीका चम्मिला तारा भएको वताउदै उनीहरुलाई सही शिक्षा र नैतिक र अनुशासित वनाउनु पर्नेमा जोड दिनु भएको थियो । मन्त्री सुनुवारले एकेडेमीको उज्वल भविष्यको कामना समेत गर्नुभएको थियो ।

समारोहमा विद्यार्थीहरूले सन्देश मुलक नाटक,गायन,नृत्य, तथा विभिन्न प्रतिभा प्रस्तुत गर्दै अभिभावक तथा अतिथिहरूलाई मनोरन्जन दिलाएका थिए ।

कार्यक्रममा विभिन्न विधामा वौद्धिक तथा क्षमतावान विद्यार्थीहरुलाई पुरस्कृत गरीएको थियो ।

विद्यालयकी प्रिन्सिपल मैया राई ९अग्रवाल०ले दिक्षित विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै स्कुलले दिएको शिक्षा, अनुशासन, नैतिक शिक्षालाई सधै आत्मसाथ गर्न विद्यार्थीलाई सुझाव दिनुभएको थियो ।

प्रिन्सिपल राईले मन्टेश्वरी स्कुलमा शान्त र पारिवारिक वातावरणमा बालमनोविज्ञानद्वारा बालबालिकालाई खेल्दै सिकाउँदै साथै बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेम गरेर सिकाइने भएकोले अभिभावकको रुचि वढदै गएको वताउनु भयो ।

मन्टेश्वरीका निर्देशक दिपक अग्रवालले धरान मन्टेश्वरीको विशेषता नै गुणस्तरीय शिक्षा र नैतिक शिक्षा रहेको वताउनु भयो ।

उहाले आफ्नो एकेडेमीमा नानीहरु पढन पठाउने अभिभावकहरुले यहाँको शिक्षण विधिबाट पूर्ण रुपमा सन्तुष्टी प्राप्त गर्ने दावी समेत गर्नुभयो ।

धरान मन्टेश्वरी एकेडेमी  कोशी प्रदेश पुरानो मन्टेश्वरीको रुपमा रहेको छ । यहाँ ३ सय भन्दा माथि विद्यार्थीहरु अध्ययनरत रहेकाछन् ।

HIBISCUS SCHOOL ADD FINAL

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved