सिटिजन्स बैंकद्वारा धरानमा मानव आश्रमलाई खाद्यान्न सहयोग

  • चैत २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड धरान शाखाले संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत मानव सेवामा प्रेरणादायी काम गरेको छ। बैंकले २०८२ साल चैत २३ गते कोशी प्रदेशको धरानस्थित मानव सेवा आश्रम मा आश्रित करिब ३६ जना लक्ष्मीनारायणका लागि विभिन्न खाद्यान्न सामग्री वितरण गरेको हो।

कार्यक्रममा आश्रमका जिल्ला संयोजक निर्मला दर्लामी मगर, बैंकका धरान शाखा प्रमुख विष्णु प्रसाद पोखरेलसहित कर्मचारीहरू राज साह, रोजिना खत्री, सुजता राई, कृष्ण कोइराला, मेलिना कार्की, सविता राई र सुवेक्षा श्रेष्ठको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै शाखा प्रमुख पोखरेलले बैंकले हरेक वर्ष सातै प्रदेशमा रहेका आफ्ना करिब २०० शाखामार्फत सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले निःशुल्क स्वास्थ्य शिविर, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, खानेपानी तथा सरसफाइ र हरियाली प्रवर्द्धनजस्ता गतिविधि निरन्तर हुँदै आएको उल्लेख गरे।

“मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो,” भन्दै उनले सडकमा कष्टकर जीवन बिताउन बाध्य अपाङ्ग, अशक्त, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम गरिएको बताए। साथै, आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

२०६४ साल बैशाख ७ गते स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभर २०० शाखा, १६९ एटीएम, ३ एक्सटेन्सन काउन्टर र ४२ शाखारहित बैंकिङ सेवामार्फत करिब २० लाख सेवाग्राहीलाई सेवा दिँदै आएको छ। बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड सेवा समेत सञ्चालनमा ल्याएको छ।

अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउँदै आएको बैंकले प्रतिष्ठित “बैंक अफ द इयर” अवार्ड २०२४ र २०२५ मा प्राप्त गर्न सफल भएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved