युएन–नवोदय कलेजको वार्षिक उत्सव भव्य : ल्यापटप वितरण र उत्कृष्ट विद्यार्थी सम्मान

  • चैत २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेशकै उत्कृष्ट कलेजका रूपमा परिचित धरान–१६ स्थित  युएन नवोदय कलेजको १६औं वार्षिक उत्सव शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरूको बिदाइसँगै ल्यापटप वितरण तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको कलेजले जनाएको छ। कार्यक्रम धरान–१५ स्थित चुम्लुङ हिम सभाहलमा आयोजना गरिएको थियो।

उक्त कार्यक्रम कलेजका प्रबन्ध निर्देशक ज्ञानेश्वर झाको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि बेघाले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अवार्ड तथा सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा होटल म्यानेजमेन्ट संकायका १३ जना विद्यार्थीलाई निःशुल्क ल्यापटप वितरण गरिएको थियो। कलेजले गत वर्षदेखि सुरु गरेको ल्यापटप वितरण कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै कक्षा १२ विज्ञान र बीएचएमका विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको क्याम्पस प्रमुख डम्बर तुम्बापोले जानकारी दिए।

त्यसैगरी, उत्कृष्ट वर्ष विद्यार्थीहरूलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा नवोदय–युएन कलेजका शिक्षकहरू, धरानका विभिन्न कलेजका प्रिन्सिपललगायतको उपस्थिति रहेको थियो।

होटल म्यानेजमेन्ट र बिएचएम कोअर्डिनेटर गगनमान श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन कलेजकै विद्यार्थी निशान विश्वकर्मा, सिकुम लिम्बु, विनिता विश्वकर्मा र बिवष मगरले गरेका थिए।

IMG-20260404-WA0006 IMG-20260404-WA0009

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved