धरान मेघा हिमालयनको नयाँ लक्ष्य: नर्सरीदेखि नै गुणस्तरीय शिक्षाको ग्यारेन्टी

  • चैत २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी जिल्लाको धरान १२ अवस्थित कोशी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था धरान मेघा हिमालयन कलेज ले प्लस टु तहमा हासिल गरेको सफलता र पहिचानलाई अब विद्यालय तह (नर्सरीदेखि कक्षा १० सम्म) मा विस्तार गर्ने रणनीति सार्वजनिक गरेको छ।

नयाँ शैक्षिक सत्र २०८३ नजिकिँदै गर्दा कलेजका प्रिन्सिपल भाष्कर पौडेलले संस्थाको भावी योजना र प्राथमिकताबारे जानकारी दिनुभएको हो।

पछिल्लो चार वर्षदेखि कक्षा ११ र १२ को व्यवस्थापन तथा गुणस्तर अभिवृद्धिमा केन्द्रित रहेको कलेजले अब आफ्नो सम्पूर्ण ध्यान विद्यालय तहलाई मजबुत बनाउनेतर्फ केन्द्रित गर्ने जनाएको छ। प्रिन्सिपल पौडेलका अनुसार, प्लस टुमा मेघाले बनाएको ब्रान्ड र विश्वासलाई विद्यालय तहमा पनि विस्तार गर्दै धरानकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।

उहाँले शिक्षाको वास्तविक आधार नै विद्यालय तह भएकाले अबको दुईदेखि तीन वर्ष यही तह सुधारमा विशेष जोड दिइने स्पष्ट पार्नुभयो। “माथिल्लो तह राम्रो भएर मात्र पुग्दैन, आधार बलियो भए मात्र समग्र शिक्षा प्रणाली प्रभावकारी हुन्छ,” भन्दै उहाँले आधारभूत शिक्षामा गुणस्तर अभिवृद्धि गर्न आवश्यक सबै पहल गरिने बताउनुभयो।

यस क्रममा विद्यालयले न्यूनतम सिकाइ मापदण्ड तय गर्ने तयारी गरेको छ। जसअनुसार कक्षा ५ मा अध्ययनरत विद्यार्थीले अनिवार्य रूपमा पत्रिका पढ्न सक्ने, सामान्य गणित गर्न सक्ने तथा आधारभूत शैक्षिक सीपमा दक्ष हुनुपर्नेछ। कलेजले विशेषगरी कमजोर विद्यार्थीको स्तर उकास्न लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ, जसबाट सबै विद्यार्थी समान रूपमा सक्षम बन्न सकून् भन्ने उद्देश्य राखिएको छ।

पूर्वाधार तथा सुविधाका हिसाबले पनि विद्यालयले महत्वपूर्ण सुधार गर्ने भएको छ। हाल प्लस टु तहका विद्यार्थीले मात्र प्रयोग गर्दै आएका अत्याधुनिक ल्याब, समृद्ध लाइब्रेरी र क्यान्टिन सुविधा अब विद्यालय तहका विद्यार्थीका लागि पनि खुला गरिनेछ। साथै, नर्सरी, एलकेजी र यूकेजीका बालबालिकाका लागि छुट्टै, सुरक्षित र आकर्षक कक्षाकोठा निर्माण गरिसकिएको जानकारी दिइएको छ।

विद्यार्थीको समग्र विकासका लागि विद्यालयले ‘घरदैलो कार्यक्रम’ सञ्चालन गर्ने तयारी गरेको छ। यसअन्तर्गत शिक्षक तथा विद्यालय प्रशासन वर्षमा कम्तीमा दुई पटक विद्यार्थीको घरमै पुग्नेछन्। यसबाट विद्यार्थीको पारिवारिक अवस्था बुझ्न, अभिभावकसँग प्रत्यक्ष संवाद गर्न र व्यवहारिक सुधारमा सहकार्य गर्न सहज हुने विश्वास गरिएको छ।

पछिल्लो समय बालबालिकामा बढ्दो मोबाइल प्रयोग, अनुशासनहीनता तथा व्यवहारिक समस्यालाई ध्यानमा राख्दै विद्यालयले संस्कारयुक्त र व्यवहारिक शिक्षामा विशेष जोड दिने जनाएको छ। विद्यालयले शैक्षिक ज्ञानसँगै नैतिक शिक्षा र सामाजिक उत्तरदायित्वबारे पनि विद्यार्थीलाई सचेत बनाउने नीति अघि सारेको छ।

प्रिन्सिपल पौडेलले प्लस टु तहमा जस्तै विद्यालय तहमा पनि अभिभावकको विश्वास जित्ने र मेघालाई गुणस्तरीय शिक्षाको पर्यायवाची बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया तथा आवश्यक तयारीहरू तीव्र रूपमा अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved