चैत २८ देखि ‘विराट गोल्डकप’ सुरु हुँदै, आठ टोलीबीच प्रतिस्पर्धा हुने

  • चैत २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगरको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ को नयाँ संस्करण आगामी चैत २८ गतेबाट सुरु हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलनमार्फत प्रतियोगिता वैशाख ५ गतेसम्म चल्ने जानकारी दिएको हो ।

प्रतियोगितामा भारतको झारखण्डस्थित अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित कूल आठ टोलीको सहभागिता रहने ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाले जानकारी दिए । विराटनगरस्थित सहिद मैदानमा हुने यो प्रतियोगिता रात्रिकालीन ९दिवा(रात्रि० हुनेछ, जसका लागि मैदान तयारीको काम तीव्र गतिमा भइरहेको छ ।


गोल्डकपको उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ एफसीले सहिद स्मारक ‘ए’ डिभिजन विजेता तथा साविक उपविजेता चर्च ब्वाइजसँग सामना गर्नेछ ।

त्यसैगरी, तेस्रो खेलमा नेपाल पुलिस क्लब र २०८० सालको विजेता मच्छिन्द्र फुटबल क्लबबीच भिडन्त हुने प्रवक्ता लामाले बताए । मोरङ जिल्लाको लिग विजेता टोली सम्राट स्पोर्टिङ क्लबले नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते भारतको झारखण्डको टोलीसँग चौथो खेल खेल्ने तालिका रहेको छ ।

यस पटकको गोल्डकपको विजेताले ट्रफीसहित ११ लाख रूपैयाँ नगद पुरस्कार हात पार्नेछ । प्रतियोगिताको मुख्य प्रायोजक विराटनगरस्थित नोबेल मेडिकल कलेज रहेको छ । गोल्डकपको प्रवद्र्धनमा कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् रहेका छन् ।

वि।सं। २०१८ सालबाट ‘महेन्द्र गोल्डकप’ को नाममा सुरु भएको यो प्रतियोगिता २०६७ र २०६८ सालपछि ‘विराट गोल्डकप’ मा रूपान्तरण भएको थियो । ट्रष्टले यस वर्षदेखि प्रतियोगितालाई पुरानै अवस्थाबाट गणना गर्दै ‘३८औं संस्करण’ का रूपमा अघि बढाउने निर्णय गरेको छ ।

स्मरण रहोस्, अघिल्लो संस्करणमा साविक विजेता थ्रीस्टार क्लबले चर्च ब्वाइजलाई २–० ले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो । यद्यपि, यस पटकको प्रतियोगितामा साविक विजेता थ्रीस्टार क्लबको भने उपस्थिति रहने छैन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved