रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयोग

  • फागुन १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द्र धरान १५ र जनजागरण बाल विकास केन्द्र धरान २० देवीगाउका २५/२५ जना नानीहरूलाई व्याग तथा स्टेशनरी सामाग्री वितरण गरेको छ ।

विद्यालय प्रयोजनको लागि आवश्यक व्याग तथा विभिन्न स्टेशनरी सामग्री वितरण गरेको क्लवका अध्यक्ष इश्वर ताम्राकारले जानकारी दिएकाछन ।

 क्लबले बालबालिकाको शैक्षिक सहजताका लागि उक्त सहयोग हस्तान्तरण गरेको हो।

कार्यक्रममा क्लबका अध्यक्ष ताम्राकारले  शिक्षा नै समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै बालबालिकालाई प्रारम्भिक चरणमै आवश्यक सहयोग उपलब्ध गराउनु अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले विगतदेखि नै क्लबले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सिलाम साक्मा बालविकास केन्द्रका अध्यक्ष रत्न नेम्वाङले  क्लबप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले नानीहरूको पढाइप्रति उत्साह बढ्ने विश्वास व्यक्त गरेका छन्।

स्थानीय अभिभावकहरूले समेत सामाजिक संस्थाहरूको सक्रियताले समुदायमा सकारात्मक सन्देश प्रवाह भएको बताएका छन्।

रोटरी क्लव अफ धरान घोषाले समुदायमुखी कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ।

 

 

 

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved