विकासको भरोसामा मनोज भट्टराईप्रति धरानेकाे साथ

  • फागुन १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान–१७ पट्नालीका स्थानीयबासी यतिबेला पूर्व वडाध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज भट्टराईप्रति खुला समर्थन जनाइरहेका छन्।

नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं. १ मा उम्मेदवार बनेका भट्टराईले वडाध्यक्ष हुँदा गरेका विकास निर्माणका कामकै आधारमा लोकप्रियता कमाएको स्थानीयहरूको भनाइ छ।

सडक कालोपत्रे, खानेपानीको सहज आपूर्ति, विद्यालयको पूर्वाधार सुधार तथा युवा र खेलकुद क्षेत्रमा गरिएको पहलले पट्नालीको मुहार फेरिएको उनीहरू बताउँछन्।

स्थानीय रामबहादुर श्रेष्ठका अनुसार पहिले बर्खामा हिलो र हिउँदमा धुलोको समस्या भोग्नुपर्थ्यो, तर सडक विस्तारपछि आवतजावत सहज बनेको छ। महिला समूहका प्रतिनिधिहरूले पनि भट्टराईले महिला सशक्तीकरण र सामुदायिक विकासमा भूमिका खेलेको उल्लेख गरेका छन्।

पूर्व शिक्षक हरिप्रसाद पौडेल भन्छन्, “वडामा काम गरेर देखाइसकेका नेताले देशमा पनि राम्रो भूमिका खेल्न सक्छन्।”

स्थानीयहरूका अनुसार सुख–दुःखमा साथ दिने र प्रत्यक्ष रूपमा जनताको समस्या सुन्ने शैलीकै कारण भट्टराईप्रति विश्वास बढेको हो। त्यसैले पट्नालीबासी प्रतिनिधिसभामा उनलाई जिताउन सक्रिय रूपमा लागिपरेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved