नवोदित कानुन व्यावसायीका लागि मस्यौदा लेखन तालिम सम्पन्न

  • माघ ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

भद्रपुर/ नवोदित कानुन व्यावसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले झापाको भद्रपुरमा मस्यौदा लेखन सम्बन्धी एकदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

कानुनी ज्ञान केन्द्र झापाको आयोजनामा सम्पन्न तालिम कार्यक्रम जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश शाहको प्रमुख आतिथ्यतामा भएको हो।

कार्यक्रममा झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत तथा झापा बारका सहसचिव एवं झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेतको विशेष आतिथ्यता रहेको थियो।

तालिम कार्यक्रमको अध्यक्षता कानुनी ज्ञान केन्द्र झापाका अध्यक्ष अधिवक्ता तारामणी सापकोटाले गर्नुभएको थियो भने सञ्चालन केन्द्रका सचिव अधिवक्ता नरेस खातीले गर्नुभएको थियो।

एकदिने तालिम कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधीश पारसमणी पोखरेल तथा अधिवक्ता बसन्त जोशीले मस्यौदा लेखनका व्यावहारिक पक्षहरूबारे प्रशिक्षण दिनुभएको थियो। तालिममा २० जनाभन्दा बढी नवोदित कानुन व्यावसायीहरूको सक्रिय सहभागिता रहेको थियो।

कानुनी शिक्षा र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्थापित कानुनी ज्ञान केन्द्र झापाको कार्यसमितिमा अध्यक्षमा अधिवक्ता तारामणी सापकोटा, उपाध्यक्षमा अधिवक्ता तिलक अर्याल, सचिवमा अधिवक्ता नरेस खाती, सहसचिवमा अधिवक्ता अनु रावत, कोषाध्यक्षमा अधिवक्ता सुरज मैनाली तथा सदस्यहरूमा अधिवक्ता रुद्रमणी भट्टराई र अधिवक्ता हेमनारायण राजवंशी रहनुभएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved