भट्टराईको जित सुनिश्चित गर्न नेकपाको महाअभियान, ५०१ सदस्यीय टोली सक्रिय

  • माघ १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सूर्यप्रसाद भट्टराई (मनोज)को जित सुनिश्चित गर्ने लक्ष्यसहित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी क्षेत्र नं. १ मा व्यापक चुनावी महाअभियान सुरु गरेको छ।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै तयारीलाई तीव्र बनाएको हो।

शुक्रबार पार्टीका केन्द्रीय सदस्य किरण राईको संयोजकत्वमा गठित उक्त समितिमा नेकपाका केन्द्रिय सदस्य जीवन राई, मुक्साहाङ मेन्याङवो, टिका कन्दङवा, उमिता बराईली, राम मान्डुपा राईसहित प्रदेश, जिल्ला तथा नगर कमिटीका पदाधिकारी र सदस्यहरू समावेश छन्।

परिचालन समितिअन्तर्गत आर्थिक, प्रचार–प्रसार, युवा, महिला, अनुगमन, विद्यार्थी तथा नव–युवा परिचालन लगायत २९ वटा उपसमिति गठन गरिएको छ। पार्टीका अनुसार आर्थिक उपसमितिको संयोजक उद्धव लिम्बु, प्रचार–प्रसार उपसमितिको संयोजक चोत्लुङ, युवा परिचालन उपसमितिको संयोजक चिन्तन भुजेल, महिला परिचालन उपसमितिको संयोजक उमिता बराईली, अनुगमन उपसमितिको संयोजक मुक्साहाङ मेन्याङवो तथा विद्यार्थी तथा नव–युवा परिचालन उपसमितिको संयोजक युवराज अलौकिक रहेका छन्।

नेकपा धरान नगर कमिटी संयोजक उद्धव लिम्बुले निर्वाचन परिचालन समिति घरदैलो अभियान, मतदाता भेटघाट, प्रचार–प्रसार तथा संगठन विस्तारमा केन्द्रित रहने बताए। उनका अनुसार संगठनलाई थप सुदृढ गर्दै चुनावी प्रतिस्पर्धालाई प्रभावकारी बनाउने रणनीतिसहित समिति मैदानमा खटिनेछ।

सुनसरी–१ मा नेकपाका उम्मेदवार भट्टराईसहित १९ राजनीतिक दलका तथा ७ जना स्वतन्त्र गरी कुल २६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा निवर्तमान धरान नगर प्रमुख हर्कराज राई, नेपाली कांग्रेसका सुजेन्द्र तामाङ, एमालेका टिकाराम लिम्बू, रास्वपाबाट गोमा तामाङलगायत उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved