धरानमा गाँजासहित महिला पक्राउ, मोटरसाइकल चालक फरार

  • माघ ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उप–महानगरपालिकामा ट्राफिक चेकजाँचका क्रममा ठूलो परिमाणको लागू औषध गाँजा बरामद भएको छ।

मिति २०८२ साल माघ ७ गते दिउँसो १ बजेर २० मिनेट जाँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान, सुनसरीबाट खटिएको टोलीले धरान–२ स्थित चिनियाँचोकमा चेकजाँच गरिरहेको थियो।

सोही क्रममा रत्नारोडबाट पुरानो बजारतर्फ आउँदै गरेको प्र.१–०२–०४६ प ८९९१ नम्बरको मोटरसाइकल रोक्न खोज्दा चालकले मोटरसाइकल छाडेर फरार भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार धनकुटा जिल्लाको चौबिसे गाउँपालिका–७ निवासी ३३ वर्षीया मनमाया लिम्बुले बोकेको कालो झोलाबाट ९ किलो ३ सय ग्राम गाँजा  लागू औषध फेला परेको थियो।

लागू औषध तथा मोटरसाइकलसहित लिम्बुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साथै, फरार मोटरसाइकल चालकको खोजतलास कार्यसमेत तीव्र रूपमा अघि बढाइएको छ।

प्रहरीले लागू औषध ओसारपसारविरुद्ध कडाइका साथ निगरानी बढाइएको र यस्ता गतिविधिमा संलग्नलाई कुनै हालतमा नछोडिने जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved