जनताको भरोसा टिका माङ्लेन सुनसरी–१ बाट चुनावी मैदानमा

  • माघ ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान / सुनसरी–१ अब परिवर्तनको बाटोमा अगाडि बढ्दैछ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट टिकाराम लिम्बू (टिका माङ्लेन) लाई उम्मेद्वार बनाएको छ।

वैचारिक निष्ठा, संघर्ष र जनताप्रतिको प्रतिबद्धताका कारण माङ्लेनलाई एमालेले भरोसाको उम्मेद्वारका रूपमा अघि सारेको हो।

बाल्यकालदेखि नै एमालेको विचारबाट प्रभावित टिका माङ्लेनको राजनीतिक यात्रा कुनै आकस्मिक होइन। १३ वर्षको उमेरमै एमालेको चुनाव चिन्ह सूर्यप्रति आकर्षित भएका उनी विद्यार्थी राजनीतिबाट संगठित पार्टी राजनीतिसम्म निरन्तर समर्पित रहँदै आएका छन्।

अनेरास्ववियुमा आबद्ध हुँदै सुरु भएको उनको संघर्ष स्ववियु सदस्य, जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसम्म पुग्दा पनि रोकिएन।

राजनीतिशास्त्रमा स्नातकोत्तर र एलएलबी उत्तीर्ण माङ्लेन शिक्षा, संगठन र आन्दोलन तीनै मोर्चामा खारिएका नेता हुन्। धरानदेखि ताप्लेजुङसम्म उनले युवालाई संगठित गर्दै परिवर्तनको राजनीति अगाडि बढाएका छन्।

पार्टी संगठनमा वडा, नगर र जिल्ला हुँदै केन्द्रीय तहसम्म जिम्मेवारी सम्हाल्दै आएका उनले जनताको दुःख–सुख नजिकबाट बुझेका छन्।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा अग्रपंक्तिमा उभिँदा उनले गिरफ्तारी र यातना समेत भोगे। तर संघर्षबाट कहिल्यै पछि हटेनन्। २०६२/०६३ को जनआन्दोलनमा देखाएको साहस र नेतृत्व आज पनि जनताबीच स्मरणीय छ।

भूकम्पपछिको पुनर्निर्माण अभियान होस् वा मेची–महाकाली अभियान, टिका माङ्लेन सधैं जनताको पक्षमा उभिए। सामाजिक संस्थाहरूमा सक्रिय रहँदै उनले सेवा, सहकार्य र सद्भावलाई राजनीति सँग जोड्दै आएका छन्।

भर्खरै ४१ वर्ष टेकेका टिका माङ्लेन आज अनुभव र ऊर्जाको संगम हुन्। पुरानो पुस्ताको संघर्ष र नयाँ पुस्ताको सपना बोकेका उनी सुनसरी–१ मा विकास, सुशासन र सामाजिक न्यायको बलियो आवाज बन्ने विश्वास एमालेले लिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved