धरानसहितकाे सुनसरी–१ मा को–को मैदानमा? सुनसरी–१ मा बहुदलीय भिडन्त, साम्पाङ–भट्टराई आमनेसामने

  • माघ ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फणिन्द्र तिम्सिना

धरान/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं. १ मा आज उम्मेद्वारहरूको मनोनयन दर्ता हुँदैछ।

मनोनयनसँगै यो क्षेत्र देशकै सबैभन्दा चासो र प्रतिस्पर्धायुक्त निर्वाचन क्षेत्रका रूपमा उभिएको छ।

नेपाली कांग्रेसले लामो आन्तरिक रस्साकस्सीपछि क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई उम्मेद्वार बनाएको छ। टिकट पाएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै तामाङले जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारीलाई सामूहिक र इमानदार प्रयासबाट सफल बनाउने प्रतिबद्धता जनाएका छन्।

नेकपा एमालेले अन्तिम समयमा उम्मेद्वार परिवर्तन गर्दै युवा नेता टिका माङ्लेनलाई उम्मेद्वार बनाएको छ। यसअघि सुर्य पन्धाकको नाम टुंगो लागेको भए पनि आइतबार उनको नाम हटाएर माङ्लेनलाई अघि सारिएको हो। उम्मेद्वार परिवर्तनको कारणबारे पार्टीभित्रै अन्योल देखिएको छ।.

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट सुर्यबहादुर भट्टराई ‘मनोज’ उम्मेद्वार बनेका छन्। धरान–१७ का निर्वाचित वडाअध्यक्ष तथा कार्यपालिका प्रवक्तासमेत रहेका भट्टराईले उम्मेद्वार बन्नका लागि वडाअध्यक्ष पदबाट राजीनामा दिएका छन्।

पुर्व नगर प्रमुख हर्कराज राई (साम्पाङ) सँगको सार्वजनिक टकराव र चुनौतीका कारण चर्चामा रहेका भट्टराई र साम्पाङ एउटै निर्वाचन क्षेत्रमा आमनेसामने हुने भएका छन्।

श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्व धरान नगर प्रमुख  हर्कराज राई (साम्पाङ)ले पनि सुनसरी–१ बाट उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्। ‘प्रधानमन्त्री बन्ने घोषणा’सहित मैदानमा उत्रिएका साम्पाङका कारण यो क्षेत्रको राजनीतिक तापक्रम अझ चर्किएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोमा तामाङ ‘सरिन’ले पुनः टिकट पाएकी छन्। २०७९ को निर्वाचनमा झिनो मतान्तरले पराजित भएकी सरिन यसपटक जितको लक्ष्यसहित मैदानमा छिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्राध्यापन पेशाबाट अवकाश पाएका उद्धव श्रेष्ठ उम्मेद्वार बनेका छन्। उनी २०७९ मा पनि यही क्षेत्रबाट उम्मेद्वार बनेर तेस्रो भएका थिए।

राष्ट्रिय परिवर्तन पार्टीले इन्द्रहाङ किरातीलाई उम्मेद्वार बनाएको छ। जेन जी आन्दोलनका सहिद परिवारसँग सम्बन्धित किरातीले पुराना दल र रास्वपासँग तालमेल नहुने स्पष्ट पारेका छन्।

यसैबीच, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सिफारिसमा परेका सुदन किरातीले भने उम्मेद्वारी नदिने घोषणा गर्दै सुनसरी–१ मा साम्पाङलाई समर्थन गर्ने बताएका छन्। उज्यालो नेपाल पार्टीबाट जेन्टल लावतीको नाम सिफारिस भएको छ।

आजको मनोनयनसँगै साम्पाङ–भट्टराई, कांग्रेस–एमाले–नयाँ शक्तिहरूबीचको प्रतिस्पर्धाले सुनसरी–१ लाई यस निर्वाचनको सबैभन्दा रोचक र निर्णायक क्षेत्र बनाउने निश्चित देखिएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved