वराहक्षेत्रको कोकाहा–कौशिकीमा मकर स्नान गर्ने भक्तजनको महासागर

  • माघ १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/माघे सङ्क्रान्तिको पावन अवसरमा आज बिहीबार बिहानदेखि वराहक्षेत्रधामस्थित कोकाहा–कौशिकीको सङ्गममा मकर स्नान गर्ने श्रद्धालु भक्तजनको ऐतिहासिक भिड लागेको छ।

वराहक्षेत्र नगरपालिका–१ मा अवस्थित सप्तकोशी नदी र कोका खोलाको पवित्र सङ्गममा बिहानैदेखि हजारौँ भक्तजनहरू स्नान, पूजा र वराह भगवानको दर्शनका लागि लाइनमा देखिएका छन्। मकर स्नानसँगै माघे मेलासमेत लागेपछि वराहक्षेत्र क्षेत्र पूरै भक्तिमय वातावरणले भरिएको छ।

वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि कुमार श्रेष्ठका अनुसार मेला भर्न र मकर स्नान गर्न भक्तजनहरू बुधबार साँझदेखि नै नेपालका विभिन्न जिल्ला तथा भारतलगायत बाहिरी क्षेत्रबाट पनि यहाँ आइपुगेका थिए।

वराहक्षेत्रका प्रसिद्ध पण्डित योगेश भण्डारीका अनुसार माघ १ गते सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति भनिन्छ।

“यस दिन सूर्य उत्तरायण हुन्छ, देवताहरू जागृत हुन्छन्। ठूला तीर्थस्थलमा स्नान गर्दा हजारौँ गुणा पुण्य मिल्छ। वराहक्षेत्रमा स्नान गर्दा अनन्तकालसम्म भगवानको धाममा वास हुने विश्वास छ,” उनले बताए।

धार्मिक विश्वासअनुसार कोकाहा–कौशिकीमा शुद्ध मनले स्नान गर्दा विगतका पाप नष्ट हुने, रोग–व्याधि हट्ने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ। यही कारण माघे मेलामा नेपालका कोशी, मधेश प्रदेश मात्र होइन, भारतबाट समेत तीर्थालुहरू यहाँ आउने गर्छन्।

गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्त श्रेष्ठले माघ १ गतेको विशेष स्नानका लागि हजारौँ भक्तजन कोकाहा–कौशिकीमा उपस्थित भएको जानकारी दिए।

सनातन कालदेखि नदीहरूको सङ्गममा स्नान गर्ने परम्परासँग जोडिएको माघे सङ्क्रान्ति मेला हिन्दु धर्मका चारधाममध्ये एक मानिने वराहक्षेत्रधाममा विश्वप्रसिद्ध मानिन्छ।

मकर स्नानसँगै मेलामा स्थानीय उत्पादनहरूको व्यापार पनि फस्टाएको छ। गुठी व्यवस्थापन समितिका उपाध्यक्ष राजु घिमिरेका अनुसार तरुल, सुठुनी, बदाम, सुन्तला, धनकुटाको सुन्तला, अदुवा र हर्दीजस्ता वस्तुहरू भक्तजनको विशेष रोजाइमा परेका छन्।

वराहक्षेत्रधाम आज श्रद्धा, संस्कार र संस्कृतिले भरिएको तीर्थभूमिमा परिणत भएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved