ओलीको विरासतलाई तोड्ला बालेनको विद्रोहले ?

  • पुस २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी गरेको समाचार प्रकाशमा आएसँगै नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘किल्ला’ मानिने झापा–५ मा बालेनको प्रवेशले आगामी फागुन २१ को चुनावी भिडन्तलाई विरासतविरुद्ध विद्रोहको रूपमा हेर्न थालिएको छ ।

बालेन शाहले फागुन ५ गते काठमाडौँको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत बनेका बालेनका लागि यो बाटो जति साहसिक छ, २०७९ को चुनावी अंकगणितले यसलाई उति नै चुनौतीपूर्ण देखाएको छ ।

के भन्छ तथ्याङ्क ?

२०७९ को प्रतिनिधि सभा निर्वाचनको तथ्याङ्कलाई हेर्ने हो भने यो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पकड निकै मजबुत देखिन्छ । उक्त निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दै सानदार जित हासिल गरेका थिए । ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत सघाएको थियो ।

यस अर्थमा ओलीले पाएको मतमा राप्रपाका मतदाता पनि जोडिएका छन् । झापा–५ मा एमालेले ०७९ को निर्वाचनमा समानुपातिकतर्फ ३५ हजार ८७२ मत पाएको थियो भने राप्रपाले ७ हजार ३७० मत पाएको थियो । यस्तै रास्वपाले समानुपातिक तर्फ १८ हजार २०५ मत पाएको थियो ।

ओलीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मतमात्र प्राप्त गरेका थिए । रोचक पक्ष के छ भने उक्त निर्वाचनमा झापा–५ बाट रास्वपाका उम्मेदवार सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मतमात्र ल्याएका थिए । यसको अर्थ ओली र रास्वपाबिचको मतान्तर ४० हजार ५६० को विशाल खाडल हो ।

बालेनले चुनाव जित्नका लागि केवल रास्वपाको मत संरक्षण गरेर पुग्दैन, एमालेको ‘क्याडर बेस’ मत र कांग्रेसको ‘परम्परागत’ मतमा ठुलो पहिरो जानुपर्ने हुन्छ ।

झापा–५ मा एमालेले ०७९ को निर्वाचनमा समानुपातिकतर्फ ३५ हजार ८७२ मत पाएको थियो भने राप्रपाले ७ हजार ३७० मत पाएको थियो । यस्तै रास्वपाले समानुपातिक तर्फ १८ हजार २०५ मत पाएको थियो ।

बालेन फ्याक्टर र सम्भावनाको नयाँ समीकरण

अंकगणितीय हिसाबले बालेनका लागि ओलीसँगको प्रतिस्पर्धा निकै चुनौतीपूर्ण भए पनि राजनीतिमा कहिलेकाहीँ भावनाले गणितलाई ओझेलमा पारिदिन्छ । बालेन शाह केवल एक व्यक्ति नभएर अहिलेको पुस्ताका लागि ‘स्थापित शक्ति’विरुद्ध विद्रोहका प्रतीकका रूपमा चर्चामा छन् ।

काठमाडौँ महानगरमा उनले देखाएको आक्रामक कार्यशैली र स्वतन्त्र छविका कारण झापाका युवा मतदाताहरूमा एउटा ठुलो आकर्षण पैदा हुन सक्छ । रास्वपाको करिब १२ हजार मत र बालेनको व्यक्तिगत क्रेज मिसिँदा यो संख्या २०–२५ हजारको हाराहारीमा सजिलै पुग्न सक्ने अनुमान गर्न सकिन्छ ।

तर जितका लागि आवश्यक ५० हजारभन्दा बढी मतका लागि उनले झापा–५ मा रहेका ‘साइलेन्ट भोटर्स’ र नयाँ थपिएका युवा मतदाताहरूलाई पूर्ण रूपमा आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ ।

चुनौतीका पहाड

बालेनका लागि सबैभन्दा ठुलो चुनौती एमालेको सुदृढ संगठन हो । केपी ओलीको गृहक्षेत्र भएकाले यहाँ एमालेका कार्यकर्ताहरू भावनात्मक रूपमा समेत जोडिएका छन्  । अर्कोतर्फ यदि नेपाली कांग्रेसले आफ्नो उम्मेदवार खडा गरेमा ‘एन्टी–ओली’ मत विभाजित हुनेछ, जसको प्रत्यक्ष फाइदा पुनः ओलीलाई नै पुग्नेछ ।

बालेनले जित्नका लागि कांग्रेस, माओवादी र अन्य साना दलहरूको ‘मौन समर्थन’ वा उनीहरूको मत आफूतिर तान्ने रणनीति अपनाउनु पर्ने उनी निकट राजनीतिज्ञहरूले सुझाएका छन् । काठमाडौँमा सेलिब्रेटी मेयरका रूपमा चिनिएका बालेनलाई झापाका स्थानीय मतदाताले ‘टुरिस्ट’ उम्मेदवारका रूपमा हेर्ने जोखिम पनि उत्तिकै छ ।

 -रातोपाटीबाट

jhapa-5_XQOqecneKO

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved