धरान–५ मा लागूऔषधसहित २७ वर्षीय युवक पक्राउ

  • पुस २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उप–महानगरपालिका वडा नं–५ मा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ।

मिति २०८२ साल पुस २८ गते साँझ करिब ५ः३० बजे अस्थायी प्रहरी चौकी देउराली धरानबाट खटिएको प्रहरी टोलीले धरान–५ निवासी २७ वर्षीय विकास भुजेलको कोठामा खानतलासी गरेको थियो।

सो क्रममा भुजेलको कोठाबाट ट्रामाडोल ३६० क्याप्सुल र स्पास्पेन ३५० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

लागूऔषधसहित फेला परेका भुजेललाई तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

धरान क्षेत्रमा पछिल्लो समय लागूऔषध कारोबार बढ्दै गएको भन्दै प्रहरीले यस्ता अवैध गतिविधि विरुद्ध कडा निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved