नेपाल मोवाइल व्यवसायीको कोशी नेतृत्व तामाङलाई

  • पुस २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल मोवाइल व्यवसायी महासंघ कोशी प्रदेशको नेतृत्व लोकमान तामाङले सम्हाल्ने भएका छन्।

आइतबार धरानमा सम्पन्न महासंघको साधारणसभा तथा प्रथम अधिवेशनले तामाङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा युवराज निरौला चयन भएका छन् भने उपाध्यक्षमा मनोज ढकाल जिम्मेवारीमा आएका छन्। महासचिवमा आशिषराज यादव, कोषाध्यक्षमा विमला खतिवडा र सचिवमा गुणराज श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा निकेश कटुवाल, सन्तोष शर्मा, सहदेव खड्का, कृष्णगोपाल निरौला, मनोज खड्का, रामचन्द्र खड्का, अर्जुन बर्देवा, सम्राट शाक्य, दीपक दुलाल, रमेश कटुवाल, रुजन श्रेष्ठ, गणेश श्रेष्ठ, लोकेन्द्र बुढाथोकी र रुपेश मगर रहेका छन्।

अधिवेशनको उद्घाटन समारोहका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले निजी क्षेत्रलाई देशको अर्थतन्त्रको एक मुख्य आधारका रूपमा चित्रण गर्दै यसको संरक्षण र प्रवर्द्धन अनिवार्य रहेको बताए।

भदौ २४ गतेको जेन–जी आन्दोलनका कारण निजी क्षेत्रले ठूलो क्षति भोग्नुपरेको उल्लेख गर्दै उनले त्यसले व्यवसायीहरूलाई पलायनको अवस्थामा धकेल्ने जोखिम बढाएको पनि बताए।

व्यवसायीहरूले साझा निष्कर्षसहित ठोस माग अघि सारेमा प्रदेश सरकारको तर्फबाट पहल गरिने प्रतिबद्धता उनले जनाए।

विशिष्ट अतिथि तथा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले सही काम र व्यवसायिक हितका लागि राज्यसँग जुद्धन आफू व्यवसायीहरूको साथमा रहने बताए।

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोवाइल व्यवसायीहरूको हकहितका लागि नीतिगत पहल भए पनि राज्यका निकायहरूबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे।

उनले स्वदेशी उद्योगका उत्पादनलाई व्यवसायी, उपभोक्ता र राज्य तीनै पक्षले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved