धरान/ धरान वितरक संघको २०८२ देखि २०८५ सम्मको कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ। संघको हालै सम्पन्न अधिवेशनबाट विजय मानन्धर अध्यक्षमा निर्वाचित भएका हुन्।
नयाँ कार्यसमितिमा रामबहादुर श्रेष्ठ र विक्रम शर्मा उपाध्यक्षमा चयन भएका छन् भने प्रकाश विमली सचिव, नगेन्द्र खवास कोषाध्यक्ष र अजयकुमार जयसवाल सह–कोषाध्यक्ष बनेका छन्। त्यसैगरी कविता लिम्बु सह–सचिवको जिम्मेवारीमा चयन भएकी छन्।
कार्यसमिति सदस्यहरूमा सन्तोष अग्रवाल, नसरुद्दिन मियाँ, दिनेश ९दुर्वासा० अधिकारी, चन्दनकुमार गुप्ता र रचना जैन चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष मानन्धरले वितरकहरूको हकहित संरक्षण, व्यवसायिक सुदृढीकरण र आपसी सहकार्यलाई मजबुत बनाउने प्रतिवद्धता व्यक्त गर्दै संघलाई अझ प्रभावकारी बनाउने बताएका छन्।