धरानमा ट्रामाडोलसहित दुई युवक पक्राउ ९ हजार ९ सय १० क्याप्सुल बरामद

  • पुस २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित एडिभी खानेपानी ट्याङ्की छेउबाट लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकल जाँच गर्दा ठूलो परिमाणमा लागूऔषध फेला पारेको हो।

मिति २०८२ साल ०९ महिना २७ गते बिहान करिब ६ः३० बजे गरिएको चेकजाँचका क्रममा मोटरसाइकलमा बोरा भित्र लुकाएर ल्याइँदै गरेको ट्रामाडोल ९ हजार ९ सय १० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले मोटरसाइकल चालक सुनसरीको कोशी गाउँपालिका–१ निवासी २३ वर्षीय रोशन झा र पछाडि सवार सोही स्थानका १८ वर्षीय जयप्रकाश यादवलाई नियन्त्रणमा लिएको छ।

बरामद लागूऔषध, मोटरसाइकल तथा दुवै अभियुक्तलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लागूऔषध ओसारपसार र प्रयोगले समाजमा बढ्दो समस्या सिर्जना गरिरहेको बेला धरान प्रहरीले गरेको यो कारबाहीलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved