धरानमा ‘निर्झर’ कविता सङ्ग्रहको भव्य लोकार्पण

  • पुस २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा कवि भानेन्द्र सम्बाहाङफे ‘जुझारु’को कविता सङ्ग्रह ‘निर्झर’ धरानमा भव्य रूपमा लोकार्पण गरिएको छ ।

कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान धरानका अध्यक्ष राजेश विद्रोहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा १३ नं. वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले, प्रा.डा. गोपालप्रसाद भण्डारी, डा. जीवनकुमार राई, प्राध्यापक भीम खतिवडा र कवि सुदिप पाख्रिनले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् ।

३६ वटा कविता समेटिएको ‘निर्झर’ मा प्रेम, देशप्रेम र स्थानप्रेमलाई मुख्य विषय बनाइएको छ ।

कृतिमाथि परिचर्चा गर्दै प्रा.डा. गोपालप्रसाद भण्डारीले भानेन्द्र सम्बाहाङफेलाई धरानका सशक्त गद्य कविहरूको शृङ्खलामा राख्न सकिने उल्लेख गरे ।

धरानमा शास्त्रीय छन्द र गद्य दुवै धारमा कविहरू सक्रिय रहे पनि पछिल्लो पुस्तामा गद्य धारमा भानेन्द्रको उदय सकारात्मक संकेत भएको उनले बताए ।

उनका अनुसार ‘निर्झर’ मा धरानप्रतिको माया, निम्न वर्गप्रतिको सहानुभूति र राजनीतिक सचेतनाका संकेतहरू सबल रूपमा अभिव्यक्त भएका छन् । “स्थानप्रेम अन्तर्गत धरानलाई माया गरेर लेखिएका कविताहरूले कृतिलाई अझै अर्थपूर्ण बनाएका छन्,” उनले भने ।

कार्यक्रममा डा. हरिकुमार राईले कृतिभित्र प्रस्तुत जीवन दर्शनमाथि चर्चा गर्दै सभ्यता, संस्कार र आदर्शका प्रतीकका रूपमा ब्रह्मा, विष्णु र महेश्वरलाई विम्ब बनाएर कविताहरू रचिएको बताए ।

कवि भानेन्द्रले प्रेमलाई सबैभन्दा महत्वपूर्ण तत्त्वका रूपमा प्रस्तुत गरेको उनको भनाइ थियो ।

‘तिम्रो जस्तो भव्य महल नभएर के भो र, संसार अटाउन सक्ने विशाल मन छ मसँग’ जस्ता पंक्तिहरूले मानवीय संवेदना र विशाल हृदयको चित्रण गरेको उनले उल्लेख गरे ।

ओरिएन्टल पब्लिकेशन हाउसद्वारा प्रकाशित ‘निर्झर’ को पहिलो लोकार्पण गत मंसिर ७ गते काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा भइसकेको थियो । दोस्रो पटक धरानका कवि तथा साहित्यकारहरूको जमघटमा कृतिको लोकार्पण गरिएको हो ।

कार्यक्रममा कवि भानेन्द्र सम्बाहाङफे ‘जुझारु’ ले आफ्ना केही कविता वाचन गरेर उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध बनाएका थिए ।

समारोहमा कवि वम देवान, कृष्ण उदासी, तीर्थराज विश्वकर्मा, नवराज मैनाली लगायत कवि, साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved