सुनाखरी रेड विजयी टिमलाई विद्यालयमै भव्य सम्मान

  • मंसिर २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१२, चतरालाईन स्थित सुनाखरी एकेडेमीले प्रथम सुनाखरी कप–२०८२ को विजेता टिम सुनाखरी रेडलाई विद्यालय प्राङ्गणमा विशेष समारोहमार्फत सम्मान गरेको छ।

स्कुलका निर्देशक प्रदीप राई, प्रिन्सिपल मिलन कुमार राई तथा प्लस–टुको संयोजक तप कुमार राईले विजेता खेलाडीहरूलाई अबिर र खदा लगाएर सम्मान प्रदान गरे।

प्रिन्सिपल राईका अनुसार, यस्तो सम्मानले विद्यार्थीहरूलाई आगामी दिनमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने उद्देश्य रहेको छ।

मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर १७ गते एन्फा एकेडेमी मैदानमा सम्पन्न भएको थियो, जहाँ सुनाखरी रेडले नेपाल पुलिस स्कुललाई टाईब्रेकरमा ३–१ गोलले पराजित गर्दै उपाधि जितेको थियो।

यसैगरी, सोही अवधिमा सम्पन्न सुनाखरी २.५ किलोमिटर रनिङ प्रतियोगिताका सिनियर र जुनियर विजेतालाई पनि नगद सहितको पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved