उधौली पर्वसँगै धरानमा चासोक तङ्नाम महोत्सव सुरु

  • मंसिर १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  उधौली पर्वको उल्लाससहित पाँच दिने चासोक तङ्नाम साँस्कृतिक महोत्सव आजदेखि धरानमा भव्य रूपमा सुरु गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको नेतृत्वमा सुरु भएको यस महोत्सवले किरात समुदायको मौलिक संस्कृति झनै उजागर गर्ने अपेक्षा गरिएको छ ।

उत्सव पहिलो दिन चासोक पूजा, हाङ्युक्ना सरसफाइ अभियान तथा तीनकुनेस्थित वीर योद्धा सिरिजंगाको सालिकमा माल्यार्पण गरी प्रारम्भ गरिएको हो । आज साँझ तङ्सिङ अनुष्ठान सम्पन्न गरिने जानकारी चुम्लुङका अध्यक्ष तीर्थराज मादेम्बाले दिएका छन् ।

औपचारिक उद्घाटन भने भोली (शुक्रबार) हुने भएको छ । उद्घाटनसँगै विविध सांस्कृतिक प्रस्तुति, केलाङ नाच, याक्थुङजन्य खेलकुद तथा प्रत्येक साँझ विशिष्ट कलाकारहरूको सांगीतिक कार्यक्रमसमेत आयोजना गरिनेछ ।

उधौली पर्वको महत्त्वसँगै सुरु भएको चासोक तङ्नाम महोत्सवले धरानमा सांस्कृतिक उत्सवको रौनक थपेको आयोजकले जनाएको छ ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved