‘प्याब्सन बराहक्षेत्र स्कुलमा कविता’ तेस्रो संस्करण माघ–३ बाट सुरु, अडिसन चार स्थानमा

  • मंसिर १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ बहुप्रतिक्षित र चर्चित साहित्यिक प्रतियोगिता ‘प्याब्सन बराहक्षेत्र स्कुलमा कविता’ को तेस्रो संस्करण आगामी माघ ३ गतेदेखि शुरु हुने भएको छ। स्वर्णिम साहित्य समाजले आफ्नै अफिसियल फेसबुक पेजमार्फत कार्यक्रमको प्रारम्भिक जानकारी सार्वजनिक गरेको हो।

साविक भरौल गाविसबाट अडिसन सुरु भई बराहक्षेत्र, महेन्द्रनगर र प्रकाशपुर हुँदै कार्यक्रम अघि बढ्ने छ। साविक मधुवन क्षेत्रलाई भने प्रकाशपुर अडिसनमा समेटिएको समाजले जनाएको छ।
बराहक्षेत्रभरिकै विद्यालयका कक्षा ६ देखि १० सम्मका २–२ जना विद्यार्थीका कविता आह्वान गरिएका छन्, जसमा एक जना छात्रा अनिवार्य रहनेछ।

प्रत्येक अडिसनबाट २ जना उत्कृष्ट कवि फाइनल राउण्डका लागि छनोट गरिनेछ। फाइनलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेताहरूलाई नगद तथा आकर्षक पुरस्कार प्रदान गरिनेछ। प्रथम विजेतालाई यस वर्षको ‘स्कुलमा कविता’ उपाधि दिइने बताइएको छ।

यसपटकबाट टाइटलको अगाडि मुख्य प्रायोजकको नाम समावेश गर्ने सम्झौता अनुसार प्रतियोगिताको नाम ‘प्याब्सन बराहक्षेत्र स्कुलमा कविता’ राखिएको छ। कार्यक्रमको मुख्य प्रायोजन प्याब्सन बराहक्षेत्रले गर्नेछ। चाँडै नै निर्णायक समिति पनि सार्वजनिक गरिने समाजले जनाएको छ।

यसअघि सम्पन्न दुई संस्करणहरू अत्यन्त सफल भएका थिए। पहिलो संस्करणमा आर्यन निरौला र दोस्रो संस्करणमा सबिना बानियाँ विजेता बनेका थिए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved