सुरेन्द्र घिमिरेद्वारा  आमाको नाममा १ लाखको अक्षयकोष स्थापना

  • मंसिर १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान-१४ निवासी शिक्षाप्रेमी सुरेन्द्र घिमिरेले सोमबार आफ्नो जन्म दिनको अवसरमा दन्तकाली माविमा आमा शोभादेवी घिमिरेको नाममा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन्। 
 
यस अवसरमा वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई र शिक्षक–अभिभावक संघका अध्यक्ष गोकुल प्रसाद पोख्रेलको रोहवरमा घिमिरेले बिद्यालयका प्रधानाध्यापक बिनोद बस्नेतलाई १ लाख ५ रुपैयाको चेक हस्तान्तरण गरेका थिए। प्रधानाध्यापक बस्नेतले आफ्नो जन्म दिनमा बिद्यालयलाई गरिएको योगदानप्रति घिमिरेलाई धन्यवाद व्यक्त गरे। 
 
शिक्षामा लगानी, ल्याउने सुनौलो बिहानीको रूपमा सुरेन्द्र घिमिरेको यो पहल अत्यन्त सराहनीय भएको वडा अध्यक्ष भट्टराईले बताए। सरकारले समेत शिक्षा क्षेत्रमा आवश्यक लगानी गर्न नसकेको अवस्थामा, शिक्षाप्रेमी घिमिरेले आमाको नाममा बालबालिकाको उज्जवल भविष्य निर्माण गर्ने उद्देश्यले बिद्यालयमा अक्षयकोष स्थापना गर्नु प्रशंसनीय कार्य भएको भट्टराईले बताए।
 
सामुदायिक बिद्यालयमा पढ्ने बालबालिकाले सहजै कापी–कलम किन्न सकून् र गुणस्तरीय शिक्षा हासिल गर्न टेवा पुगोस भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको घिमिरेले बताए।
 
बिद्यालयका सहायक प्रधानाध्यापक श्रीप्रसाद कोइरालाले जानकारी दिए अनुसार, यसअघि २०७९ सालमा घिमिरेले आफ्ना हजुरबुवा देवनारायण घिमिरेको नाममा ५० हजार रुपैयाको “स्मृति कोष” स्थापना गरेका थिए।
 
साथै, घिमिरे सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का संचालक समेत रहेका छन् र केन्द्रिय प्रबिधि क्याम्पस हात्तीसारमा अध्यापन पनि गराउदै आएका छन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved