एस्पायर कलेजको अन्तर्राष्ट्रिय फड्को: कोरियाली एड–टेक ‘छन्जे एजुकेशन’सँग सहकार्य

  • मंसिर १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर/  एस्पायर कलेजले कोरियाको अग्रणी एड–टेक कम्पनी छन्जे एजुकेशनसँग दक्षिण कोरियामै गएर ऐतिहासिक सहकार्य सम्झौता (MOU) सम्पन्न गर्दै अन्तर्राष्ट्रिय साझेदारीको नयाँ द्वार खोलेको छ।

डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छन्जे एजुकेशनसँग भएको यो रणनीतिक सहकार्यले एस्पायर कलेजका विद्यार्थीलाई विश्वस्तरको सिकाइ, सीप र वास्तविक परियोजना अनुभव प्राप्त गर्ने सुवर्ण अवसर दिलाउने अपेक्षा गरिएको छ।

एस्पायर कलेज काठमाडौँ विश्वविद्यालयका School of Engineering र School of Education मार्फत BIT (Bachelors in Information Technology) र BTech. Ed IT (Bachelors of Technical Education in Information Technology) कार्यक्रम सञ्चालन गर्दै आएको छ। नयाँ सहकार्यले यी दुवै कार्यक्रमका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय EdTech अभ्यास र प्रत्यक्ष परियोजना–अनुभूतिसँग जोड्ने मार्ग खुलेको कलेजले जनाएको छ।

सम्झौता अनुसार, छन्जे एजुकेशनले एस्पायरका विद्यार्थीका लागि ६ हप्ते अन्तर्राष्ट्रिय बुटक्याम्पपछि २ दिने विशेष ह्याकाथन यही डिसेम्बर ८ बाट सुरू गर्दैछ।

बुटक्याम्प र ह्याकाथनमार्फत विद्यार्थीहरूले डिजिटल कन्टेन्ट डेभलपमेन्ट, UI/UX डिजाइन, GitHub–आधारित कोडिङ वर्कफ्लो, इन्टरेक्टिभ लर्निङ सिस्टम, क्लाउड डिप्लोयमेन्ट जस्ता अत्याधुनिक सीप प्रत्यक्ष रूपमा सिक्नेछन्।

ह्याकाथनमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष ३ टोलीले नगद पुरस्कारसहित कोरियाली एड–टेक परियोजनाहरूमा प्रत्यक्ष रूपमा सहभागी हुने अवसर पाउनेछन्।

यस्तो अन्तर्राष्ट्रिय exposure ले विद्यार्थीको करियर वृद्धि, प्रतिस्पर्धात्मक क्षमता र विश्व बजारमा पहुँचलाई नयाँ स्तरमा पुर्‍याउने कलेजको विश्वास छ।

एस्पायर कलेजले कोरियाली कम्पनीसँग गरेको यो सहकार्यलाई शैक्षिक नवप्रवर्तन, अन्तर्राष्ट्रिय सहकार्य र सीप विकासतर्फको ठूलो उपलब्धि मानिएको छ।

यसले नेपाली विद्यार्थीलाई ग्लोबल स्ट्यान्डर्डको EdTech वातावरणसँग जोड्दै उनीहरूलाई विश्व प्रतिस्पर्धामा अघि बढाउने महत्वपूर्ण आधार निर्माण गर्ने अपेक्षा गरिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved