धरानमा १७औँ श्री जगन्नाथ रथयात्रा महामहोत्सव हुने

  • मंसिर १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा आगामी मंसिर २० गते इस्कोन धरानद्वारा आयोजना हुने १७औँ श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्य तयारीसहित अन्तिम चरणमा पुगेको छ।

धरान १६मा रहेको इस्कोन मन्दिर समितिले (आज)साेमबार विशेष पत्रकार सम्मेलनमा रथयात्रालाई यस वर्ष अझ धुमधामका साथ सञ्चालन गरिने जानकारी गराइएको हो।

रथमा भगवान श्री जगन्नाथ, बलदेव, सुभद्रा तथा इस्कोनका संस्थापक आचार्य श्रील प्रभुपादको सुशोभित विग्रह विराजमान हुनेछ।

इस्कोन धरानका अध्यक्ष अधिराज राई, सुनसरी जिल्ला अध्यक्ष वावुराम राई तथा नेपाल इस्कोनका विभिन्न केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको पत्रकार सम्मेलनले भक्तजन र सर्वसाधारणलाई सहभागी हुन आग्रह गरेको छ।

यस वर्षका प्रमुख अतिथिमा नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनातश्री विभूषित श्रीवालसन्त मोहनशरण देवाचार्य महाराज रहनेछन् भने परम् पुजनीय महाविष्णु स्वामी महाराज, श्रद्धेय पात्री दास, स्वामी दिनवन्दु महाराज लगायत उच्च आध्यात्मिक व्यक्तित्वहरूको सम्मानजनक उपस्थितिले रथयात्रालाई अझ भव्य बनाउने अपेक्षा गरिएको छ।

यस्तै कोशी प्रदेशका सभासद विजय राई, ममता तामाङ, रमेश कुमार बस्नेत, यशोदा कायस्थ, धरानका मेयर हर्क साम्पाङ, उपमेयर आईन्द्र बेघा लिम्बु, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, प्रशासन र सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ तथा भारतीय पेन्सन अफिसका प्रतिनिधिसहित हस्तीहरू पनि सहभागी हुने कार्यक्रम छ।

धरानका मुख्य–मुख्य मार्ग हुँदै वर्षैभरि प्रतीक्षा गरिने यो रथयात्राले शहरलाई रंग, भक्ति, कीर्तन र सांस्कृतिक उमंगले भरिने अपेक्षा गरिएको छ।

भक्तजन, सर्वसाधारण र आध्यात्मिक साधकहरूलाई उपस्थित भई धार्मिक यात्राको अनुभूति साझा गर्न इस्कोन धरानले आग्रह गरेको छ।

skon-mandir-dharan.jpg1

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved