चाडवाड सकिएसँगै भ्रमणमा निस्किए सर्वसाधारण

  • कार्तिक १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ दशैं–तिहार सकिएसँगै अनुकूल मौसम र फुर्सदिलो समयको सदुपयोग गर्दै धार्मिक आस्था र पर्यटनसँग सम्बन्धित स्थलहरूमा घुमफिर गर्ने क्रम तीव्र बनेको छ ।

विशेषगरी पूर्वका रमणीय स्थलहरू र धार्मिक मठ–मन्दिरहरूमा भक्तजन तथा पर्यटकको चहलपहल बढ्दो क्रममा छ ।

धरान–१४ स्थित बुढासुब्बा मन्दिरको दर्शनका लागि देशका विभिन्न स्थानबाट सर्वसाधारण आउने क्रम निरन्तर बढेको छ ।

परिवारसहित पूर्वका धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलहरूको भ्रमणमा निस्किएका काठमाडौंका राजेन्द्र श्रेष्ठ पनि तीमध्ये एक हुन् । धरानमा एक रात बास बसेपछि शनिबार बिहानै बुढासुब्बा मन्दिर पुगेका श्रेष्ठले पहिलोपटक मन्दिरमा उपस्थित हुन पाउँदा आत्मसन्तोष महसुस भएको बताए ।

त्यस्तै, चितवनका व्यवसायी अनुप भट्टराई पनि परिवारसहित बुढासुब्बा मन्दिर दर्शनका लागि धरान पुग्नु भएको थियो । १२/१३ वर्षअघि विद्यार्थी जीवनमा धरान आए पनि बुढासुब्बा मन्दिरबारे गहिरो जानकारी नलिएको बताउँदै उनले यसपालि व्यवसायिक व्यस्तता बीच केही दिनको फुर्सद निकालेर पूर्व भ्रमणमा आएको जानकारी दिए।

यो समय आन्तरिक पर्यटकका लागि सर्वाधिक उपयुक्त मानिएको छ । मन्दिर परिसरमा काठमाडौं र चितवनका मात्र होइन, पूर्व–पश्चिम नेपालका विभिन्न स्थानदेखि भारतका सिक्किम र दार्जिलिङसम्मका भक्तजन भेटिन्छन् ।

टाढाटाढाबाट मन्दिरको महिमा चुलिदै गएपछि नजिकका स्थानीय बासिन्दामाझ बुढासुब्बाप्रतिको आस्था झनै प्रगाढ बन्दै गएको छ । भाकल बुझाउन र दर्शन गर्न यहाँ आउनेहरूले अधिकांश मनोकांक्षा पूरा भएको अनुभव बाँड्ने गर्छन् ।

मौसम अनुकूलता र फुर्सदिलो समयका कारण आन्तरिक तथा बाह्य पर्यटक दुवैको संख्या क्रमशः बढ्दै गएको छ । बुढासुब्बा मन्दिरलाई केन्द्र मानेर आउने धेरै भक्तजनले मन्दिर नजिकैको गौरेनीमातामा भाकल अनुसार भाले वा अण्डा तथा रक्सी चढाउने परम्परा निर्वाह गर्ने गर्छन् ।

नेपालमा अद्वितीय मानिने बुढासुब्बा मन्दिर प्रेम र आस्थाको प्रतीकका रूपमा चिनिन्छ । प्रेमी–प्रेमिका तथा नवविवाहित दम्पतीहरूले यहाँ धागो बाँध्ने र रक्सी चढाउने चलनले यस मन्दिरलाई अन्य धार्मिक स्थलभन्दा विशिष्ट बनाएको छ । पूजारीहरूका अनुसार यस्तो परम्परा देशका अन्य मन्दिरमा पाइँदैन ।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved