‘मेची पारिको नेपाल’: पुल नहुँदा आफ्नै मातृभूमिबाट टाढा परेका झापाका तीन गाउँ

  • भदौ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ मेचीनगर–१५ का ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी गाउँलाई स्थानीयले ‘मेची पारिको नेपाल’ भन्छन्। मेची नदीले भौगोलिक रूपमा अलग्याएका यी बस्तीका करिब डेढ सय बासिन्दा दैनिकीका अधिकांश आवश्यकताका लागि भारत धाउन बाध्य छन्।

नेपाल सरकारको उपस्थिति भन्नासाथ यहाँ कक्षा–२ सम्म पठनपाठन हुने मेची आधारभूत विद्यालय मात्र देखिन्छ। जहाँ राष्ट्रिय झण्डा फहराइन्छ र गान गुन्जिन्छ, तर पढाइ भने बर्खा लागेपछि ठप्प हुने अवस्था छ। विद्युत् पुगे पनि ट्रान्सफर्मर नहुँदा टुकीकै उज्यालोमा रात बिताउनुपर्ने बाध्यता छ।

स्थानीयवासीले वर्षौँदेखि मेची नदीमा झोलुङ्गे पुल बनाउन माग गर्दै आएका छन्। तर हरेक चुनावमा उम्मेदवारले आश्वासन मात्र दिने गरेको गुनासो छ। गाउँलेहरु भन्छन्, “पुल बने हामीलाई बजार, शिक्षा र उपचारका लागि भारत धाउन नपर्थ्यो, नेपालमै जोडिन सक्थ्यौं।”

हालै प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीहरूको टोली डुङ्गा चढेर गाउँ पुगेपछि मात्रै गाउँलेलाई ‘नेपाल सरकार हाम्रोमा आएको’ अनुभूति भएको थियो। प्रजिअले तत्काल ट्रान्सफर्मरको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् भने पुल निर्माणका लागि सरकारसँग पहल गर्न सुझाव दिएका छन्।

संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ मा झोलुङ्गे पुलको डिपिआर बनाउन पाँच लाख बजेट विनियोजन गरे पनि निर्माण कहिले हुन्छ भन्ने टुङ्गो छैन।

गाउँलेको भनाइमा, “हिउँदमा नदी तरेर नेपालतिर आउन सकिन्छ, तर बर्खामा तीन महिनासम्म संसारै टुट्छ।”

झोलुङ्गे पुल बन्न सके यी गाउँ न केवल भौगोलिक रूपमा, बरु राष्ट्रिय भावना र जीवनस्तरका हिसाबले पनि नेपालसँग मजबुत रूपमा जोडिनेछ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved