‘विविशारा’ उपन्यासको लोकार्पण

  • भदौ १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुन्दरहरैंचा/  मोरङका स्रष्टा डा. छवि वैैरागी घिमिरेको १२ औँ कृति ‘विविशारा’ (उपन्यास) को लोकार्पण भएको छ ।

अनामनगरस्थित युनियन हाउसको सभा हलमा एक भव्य समारोहका बिच उक्त कृतिको लोकार्पण गरिएको हो । प्रकाशक संस्था फिनिक्स बुक्सद्वारा आयोजना गरिएको एक विशेष कार्यक्रममा आख्यानकार अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, लेखक र उनकी धर्मपत्नी तारा ढकाल घिमिरेले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

सभापति तथा प्रमुख अतिथिबिनाको एउटा फरक खालको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको थियो ।

लोकार्पण कार्यक्रममा समालोचक अनुपमा रेग्मी तथा आख्यानकार अमर न्यौपानेले पुस्तकको बारेमा चर्चा गरेका थिए । दर्शकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा आख्यानकार अमर न्यौपानेले विविशारा उपन्यासभित्रका विषयहरू निकै सरल र मार्मिक रहेको बताए ।

विविध पात्रहरूको कोलाजका रूपमा बाहिर आएको यो उपन्यास पढिरहूँ लाग्ने रहेको बताउँदै यसले पाठकको मन जित्ने आशा पनि व्यक्त गरे ।

भाषाशैलीका हिसाबले पनि यो कृति निकै सुन्दर रहेको उनको भनाइ रहेको थियो । यसैगरी समालोचक अनुपमा रेग्मीले यसभित्रका पात्रहरू समाजका यथार्थता भएको र यो उपन्यास पढ्दा आफैँ भित्रको पात्र भएको महसुस हुने कुरा बताउँदै यस दुनियाँमा रहेका तमाम अनाथप्रति आस्था देखाएको बताइन् ।

त्यस्तै उनले पुस्तक पढ्दै गर्दा आफू भावुक बन्न पुगेको सन्दर्भ पनि उल्लेख गरिन् । कृतिकार वैरागीले आफूले यस उपन्यासलाई समाजको एउटा विषय र यथार्थता भएको कुरा बताए।

कार्यक्रम सञ्चालन भने बाबु त्रिपाठीले गरेका थिए । साबिकको लेखर्क गापं ६, काभ्रे, भोजपुर (हालको टेम्केमयुङ गाउँ ५, मा) मा पिता कृष्णप्रसाद घिमिरे र माता माया घिमिरेका तेस्रो सन्तानका रूपमा जन्मिएका घिमिरेको पछिल्लो समय सुन्दरहरैँचा –९, विराटचोक, मोरङमा बसोबास रहेको छ ।

२०५२ सालमा ‘के हुन्छ यो मानव’ शीर्षकको छन्द कविता प्रकाशित गरेर साहित्याकाशमा प्रवेश गरेका उनी कविता, उपन्यास, बालसाहित्य आदि विधामा कलम चलाउँदै आएका छन् । विभिन्न विधाका एक दर्जन कृति प्रकाशित भएका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved