मिसेस स्टेट २०२५ का विजेतालाई नगद पुरस्कार वितरण

  • असार २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विवाहित महिलाहरूलाई लक्षित गरि यहि जेष्ठ १५ गते वुमन्स वर्थ ग्रुपको अयोजनमा संपन्न मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेशका विजेताहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरेको छ ।

धरान उपमहानगरपालिका उपमेयर अइन्द्रवक्रम वेघाको प्रमूख आतिथ्यमा धरान १३ स्तित हुक्पा चोङबाङ रिसोर्टको हलमा संपन्न पुरस्कार वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रममा उपाधि बिजेता अन्जु गुरुङ, फस्ट रनरअप ममता शाह र सेकेन्ड रनरअप सुनिता आचार्यलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेता गुरुङलाई नगद पुरस्कार ५१ हजार, फस्ट रनरअप ममता शाहलाई नगद २५ हजार र सेकेन्ड रनरअप आचार्यलाई नगद १५ हजार रुपैया प्रदान गरिएको थियो ।

यसै गरि प्रतियोगिताका टफ फाइभ फाइनलिस्टहरुलाई गिप्mट ह्याम्पर समेत प्रदान गरिएको थियो । उनिहरुलाई कार्यक्रमका प्रमूख अतिथि उपमेयर वेघा, कार्यक्रमका सभाध्यक्ष हरि मादेन, धरान १६ न. वडाध्यक्ष मुरारि भट्टराई, एसएसपि भिम दाहाल, नेपाल पत्रकार महासंघ सुनसरी निर्वतमान अध्यक्ष जनकऋषि राई लगायतको हात वाट पुरस्कार प्रदान गरिएको थियो ।

विवाहित महिलाहरुको क्षमता अभिवृद्धि तथा प्रदर्शनका लागि महिला समुह द्धारा स्थापना गरिएको संस्था वुमन्स वर्थ ग्रुपले २०१८ साल देखि मिसेस स्टेट आयोजना गर्दै आइरहेको छ ।

पहिलो र दोस्रो संस्करण सफलतापुर्वक संपन्न पछि तेस्रो संस्करण २०२० मा आयोजनाको तयारी गरिरहदा कोरोना महामारिको कारण तेस्रो संस्करण रोकिएको थियो ।

कोरोनाको कारण रोकिएको मिसेस स्टेट प्रतियोगितालाई २०२५ देखि तेस्रो संस्करण आयोजना संपन्न गर्दै गु्रपले आफ्नो कार्ययोजनाहरु सुरु गरिएको वुमन्स वर्थ ग्रुपका सचिव ज्योति राईले जानकारी गराइन ।

चौथो संस्करण २०२६ मा समयमा नै अझ भव्य र व्यवस्थित रुपमा आयोजना गरिने कार्यक्रमका सभाध्यक्ष गु्रपका उपाध्यक्ष हरि मादेनले उद्घोष गरिन । उनले कार्यक्रम सफल वनाउन सहयोग गर्नुहुने सहयोगीहरुलाई धन्वाद समेत दिइन ।

कार्यक्रममा कोरियोग्राफर डिजे ललित राई, गु्रपका सहसचिव छाया श्रेष्ठ, कोषाध्यक्ष रोजि ताम्रकार, सदस्य सरला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved