धरानमा  कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता हुने

  • जेठ २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt - फणिन्द्र तिम्सिना

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, धरान उपमहानगरपालिकाको विशेष सहयोग तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ।

धरान १८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा प्रतियोगिता आगामी असार ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा कोशी प्रदेश  का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले सहभागिता जनाउनेछन्। टिमले कोशी प्रदेश अन्तर्गतका जिल्लाको मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्था गरिएको छ भने बाहिरी जिल्लाबाट आउने खेलाडीहरूका लागि खाना र बस्नको व्यवस्था गरिनेछ।

२०५९ सालदेखि विद्यालय तहबाटै बास्केटबलको प्रवर्द्धनमा सक्रिय धरान बास्केटबल संघले प्रतियोगितामार्फत खेलाडी उत्पादन, खेल विकास तथा धरानलाई प्रदेशस्तरीय खेलकुद केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। प्रतियोगिताको अनुमानित बजेट २० लाख रुपैयाँ रहेको छ।

संघले अघिल्ला वर्षहरूमा काठमाडौंमा आयोजना हुने विभिन्न उमेर समूहका राष्ट्रिय प्रतियोगितामा धरानका खेलाडीहरूलाई सहभागी गराउँदै आएको छ। यसै क्रममा १३औं दक्षिण एशियाली खेलकुदमा धरानका खेलाडी र प्राविधिकहरूले कास्य र रजत पदक जितेका थिए।

धरानमा बास्केटबल खेल ब्रिटिस क्याप हुँदै प्रवेश गरी अहिले व्यवसायिक बन्दै गएको उल्लेख गर्दै आयोजकले यस प्रतियोगिताले युवाहरूमा खेलप्रतिको आकर्षण, भाइचाराको भावना तथा सकारात्मक सोच विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतियोगिताका विजेता टोलीलाई नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टोलीले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै, उत्कृष्ट खेलाडी (एभिपी) लाई १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

bas-vit

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved