चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप सुरु, पहिलो दिन ३ सय १९ खेलाडीको सहभागिता

  • जेठ २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजना र हिमालयन चेस एकेडेमी (एचसीए) को व्यवस्थापनमा ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि सुरु भएको छ।

बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगितामा काठमाडौं महानगरका २० विद्यालयबाट ३१९ खेलाडी सहभागी भएका छन्।

गल्र्स र ब्वाइज दुवै तर्फ गरि कक्षा १ देखि १२ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा कुल ६ विधा समावेश गरिएको छ। पहिलो दिन दुई चरणका खेल सम्पन्न भएका 

कक्षा १ देखि ४ की गल्र्सतर्फ धुम्रवाराही माविकी प्रतिज्ञा ठाकुर, बाँसबारीका सिमरन कार्की र सुप्रिया मोक्तान, तथा महेन्द्र माविकी आशिका लोप्चनले दुवै खेल जित्दै २–२ अंक जोड्न सफल भए।

ब्वाइजतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी र आयन सुवेदी, नेपाल क्रियटिभ को–एडुकेसनल स्कुलका श्रेयांश सापकोटा र अर्णव मानन्धर, तथा बाँसबारी माविका खेमराज जैशी र युङ्सेन तामाङले पनि शतप्रतिशत नतिजा दर्ता गरे।

कक्षा ५ देखि ८ ब्वाइजतर्फ आदर्श गुरुङ, नवीन थापामगर, प्रसन्न जैशी, प्रत्युष ज्ञवाली र राजु राईले दुवै खेलमा जित निकाल्दै उत्कृष्ट सुरुवात गरे। गल्र्सतर्फ रोसलिन सुवेदी, आरग्य गुप्ता, समिक्षा नेपाल, अप्सरा खत्री र काश्यपी मैनालीले सफलता हात पारे।

कक्षा ९ देखि १२ मा गल्र्सतर्फ मायुमी राई, आँचल चौधरी, आन्वी सुवेदी, देवयानी गुरागाई, स्मारिका लामा, समिक्षा रपाल र साङ्मेन्दु तामाङले दुवै चरणका खेल जिते। ब्वाइजतर्फ प्रेम–विक्रम अधिकारी, ओजस अधिकारी र अभिनव पाण्डेले २–२ अंक 

स्वीस प्रणालीमा आधारित र्यापिड चेस प्रतियोगितामा वडा नं. ४ भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी मात्र नभई अन्य वडामा अध्ययनरत स्थानीय बालबालिकाको समेत सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जन र राष्ट्रिय महिला बुद्धिचालकी पहिलो च्याम्पियन मोनालिशा खम्बूले संयुक्त रूपमा गरेका थिए।

1749075148084 1749075161360

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved