सृजनशील कप फुटबल प्रतियोगितामा आयोजक क्लब च्याम्पियन

  • जेठ २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt -हिराराज राई

धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका–८ तातोपानीमा सम्पन्न प्रथम सृजनशील कप २०८२ खुला पुरुष फुटबल प्रतियोगितामा आयोजक सृजनशील युवा क्लबले उपाधि हात पार्न सफल भएको छ।

गणतन्त्र दिवसको अवसर पारेर जेष्ठ १५ देखि २० गतेसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक टोलीले तरिटोल फुटबल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।

“युवा एकता हाम्रो जोड, लागुऔषध दुर्व्यसन र नारी हिंसा छोड” भन्ने नाराका साथ आयोजित प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा सकारात्मक योगदान पुर्‍याएको आयोजकले जनाएको छ। सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण तथा तस्बिरहरू ‘मेरो गन्तव्य’ फेसबुक पेजमार्फत सार्वजनिक गरिएको थियो।

प्रतियोगिताको विजेता बनेको सृजनशील युवा क्लबले नगद रु. ५० हजार ८२, ट्रफी र मेडल प्राप्त गर्दा उपविजेता तरिटोल फुटबल क्लबले नगद रु. ३० हजार ८२ सहित ट्रफी र मेडल प्राप्त गरेको छ।

प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारहरू समेत प्रदान गरिएको थियो। उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, फरवार्ड, डिफेन्डर, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडीलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

स्थानीय युवा सहभागी र उत्साही देखिएको प्रतियोगिता आगामी दिनमा पनि निरन्तर आयोजना गरिने क्लबले प्रतिबद्धता जनाएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved