‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ आजदेखि बालुवाटारमा सुरु

  • जेठ २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt [तस्बिर: कामपा–४ का वडाध्यक्ष दिनेश महर्जन र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू]

काठमाडौं/ काठमाडौं महानगरपालिका–४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ आज (बुधबार)देखि बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा सुरु भएको छ। प्रतियोगिताको व्यवस्थापन हिमालयन चेस एकेडेमी (एचसीए) ले गरेको हो।

प्रतियोगितामा दर्जनभन्दा बढी विद्यालयका दुई सयभन्दा बढी खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जनका अनुसार चेस प्रतियोगितामार्फत स्थानीय विद्यार्थीबीच भाइचारा अभिवृद्धि गर्नुका साथै बौद्धिक क्षमता विकास र प्रतिभा पहिचान गर्ने उद्देश्य रहेको छ।

महर्जनले भने, “प्रतियोगिताले वडाभित्रका विद्यार्थीहरूमा एकता र सहयोगको भावना बढाउने विश्वास लिएको छ।”

प्रतियोगितामा वडाभित्र रहेका विद्यालयका विद्यार्थीहरूका साथै वडाबाहिर अध्ययनरत स्थानीय बालबालिकाहरूको समेत सहभागिता छ।

हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले चेसले विद्यार्थीमा रणनीतिक सोच र बौद्धिक क्षमताको विकास गर्ने बताउँदै यसखाले प्रतियोगितालाई प्राथमिकतामा राखेकोमा कामपा–४ लाई धन्यवाद दिइन्।

“चेसले विद्यार्थीको अध्ययनमा समेत सुधार ल्याउँछ,” उनले भनिन्।

प्रतियोगितामा अध्ययनरत कक्षाका आधारमा ब्वाइज र गल्र्सतर्फ गरी कुल ६ विधा समावेश गरिएका छन्—कक्षा १ देखि ४, कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ सम्मका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछन्।

प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीले पदक प्राप्त गर्नेछन्। पदकका आधारमा विद्यालयलाई अंक दिइनेछ र सर्वाधिक अंक प्राप्त गर्ने विद्यालय ‘चेयरम्यान कप च्याम्पियन’ घोषित गरिनेछ। उत्कृष्ट तीन विद्यालयले पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताका टेक्निकल डिरेक्टर याईशाष यासिर खम्बूका अनुसार च्याम्पियनसिप स्वीस प्रणालीअनुसार सात राउन्डमा सञ्चालन हुनेछ।

प्रत्येक खेल १० मिनेटको हुनेछ भने प्रत्येक चालमा १० सेकेन्डको समय वृद्धि गरिनेछ। आज चार राउन्ड तथा भोलि तीन राउन्डका खेलहरू सञ्चालन हुनेछन्।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved