संखुवासभामा अवैध यार्चागुम्बासहित एक जना पक्राउ

  • जेठ २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  संखुवासभामा अवैध यार्चागुम्बासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका–३ का ४६ वर्षीय ऐनबहादुर शाही रहेका छन्।

संखुवासभा प्रहरीले दिएको जानकारीअनुसार शाहीले राजस्व छली गर्दै अवैध रूपमा यार्चागुम्बा ल्याइरहेको सूचनाको आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खाँदबारी नगरपालिका–३ स्थित सुमन चोकबाट मंगलबार बिहान ८ः५० बजे शाहीलाई नियन्त्रणमा लिएको हो।

शाही को १ ज २६३१ नम्बरको भाडाको बोलेरो गाडीमार्फत मकालु गाउँपालिका–५ नुमबाट सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेका थिए। गाडी चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलाभित्र लुकाइएको १ किलो ६७० ग्राम यार्चागुम्बा बरामद गरिएको प्रहरीले जनाएको छ।

साथै शाहीको साथबाट नेपाली २५ हजार ४३० रूपैयाँ र भारतीय ७३० रूपैयाँसमेत बरामद गरिएको छ।

पक्राउ परेका शाहीलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय, संखुवासभाको जिम्मा लगाइएको प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले जानकारी दिए। वन कार्यालयले प्रारम्भिक अनुसन्धानबाट शाहीले राजस्व छली गरेर यार्चागुम्बा ओसारपसार गरेको पुष्टि भएको जनाएको छ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved