गुलमोहरको रङले रङ्गिएको बर्ने, पर्यटकको रोजाइमा

  • जेठ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्नेबाट इलामतर्फ जाने सडक खण्ड अहिले गुलमोहरका ढकमक्क फुलहरूले रङ्गीन बनेको छ। हरियाली चिया बगानको बीचमा राताम्य भएर फुलेका गुलमोहरहरूले यो सडक खण्डलाई झन् आकर्षक बनाएका छन्।

पर्यटक र यात्रुका लागि फोटोग्राफी तथा भिडिओ बनाउने उपयुक्त पृष्ठभूमिका रूपमा परिचित यो क्षेत्र सामाजिक सञ्जालमा 'ट्रेन्डिङ' बन्न थालेको छ। ‘टिकटक रोड’ नाम दिइएको आधा किलोमिटर सडक खण्डमा दैनिक हजारौँको चहलपहल देखिन्छ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँका अनुसार चहलपहलको औपचारिक तथ्यांक नभए पनि दैनिक रूपमा यहाँ आउनेको सङ्ख्या वृद्धि भइरहेको छ। पालिकाले पिउने पानी, शौचालय, चौतारोजस्ता पूर्वाधार निर्माण गरिसकेको छ भने स्थानीयहरूले चिया पसल र साना होटल सञ्चालन गर्न थालेका छन्।

इलामको कन्याम, श्रीअन्तु र माइपोखरीतर्फ गएका वा बुद्धशान्ति–६ मा रहेको कोशी प्रदेशकै लामो झोलुङ्गे पुल अवलोकन गर्न गएका पर्यटकका लागि यो गुलमोहर सडक थप आकर्षण बनेको छ।

पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै गाउँपालिकाले गत वर्ष दुई सयभन्दा बढी गुलमोहरका बिरुवा रोपेको थियो। विशेष गरी शनिबार र बिदाका दिन यहाँ भिड लाग्ने गरेको छ। यात्रुको चाप बढेसँगै सार्वजनिक सवारी साधनमा समेत चाप बढेको स्थानीय बताउँछन्।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved