लाली गुराँसलाई उच्च प्राथमिकता

  • वैशाख २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ तेह्रथुम जिल्लाको लालीगुरास नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर पालिकाभित्र रहेका कृषहरुको कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

यसै क्रममा नगरपालिकाले कृषकहरुले उत्पादन गरेको कृषि सामाग्री बजारसम्म पुर्‍याउनको लागि कृषि एम्बुलेन्स खरिद गरेको हो । लाली गुरास नगरपालिकाका मेयर अर्जुन मावुहाङले कृषकले उत्पादन गरेको सामाग्री बजारसम्म पुर्‍याउन सहज होस् भन्ने अभिप्रायले नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको बताए ।

उनले भने–‘ हप्तामा एक कृषकको पाँच हजार सम्मको तरकारी सागसब्जी बोक्छ । गृहिणी मार्फत भुक्तान गरिन्छ। गाडी हिंउद, बर्षा प्रत्येक किसानका घरघरमा पुग्छ र मुल्य तिरेर सामाग्री उठाउंछ ।’

उनले अहिले पालिकाका प्रत्येक वडामा सडकको समस्या नभएको बताए । उनले भने–‘एकै पटक एउटा गाडीले सबै वडामा भ्याउँदैन, तालिका मिलाएर हप्तामा एक पटक एक वडामा गाडी पुग्छ, त्यहा पुगेर एक जना कृषकको ५ हजार बराबरको कृषि सामाग्री बजारसम्म ल्याइदिन्छ ।’

उनले कृषकहरुलाई अर्गानिक उत्पादनमा जोड दिन किसानहरुलाई आग्रह समेत गरेका छन् । उनल कृषकरुलालाई सामाजिक सञ्जालमार्फत भनेका छन् –‘ विकासे मल, किटनाशक ओषधी लगाएको तरकारी, फलफुल बिक्दैन ।

त्यसैले विकासेमल , किटनाशक ओषधी नलगाएको अर्गानिक कृषी सामाग्री सागसब्जी, फलफुल, तरकारी उत्पादन गरौं । पालिकाले सञ्चालनमा ल्याएको अर्गानिक मल र विषादी बनाउने प्रशिक्षण अभियानमा लागौं ।

पालिकाले कडाईकासाथ युरिया, डिएपि र किटनाशक ओषधीप्रयोगमा बन्देज लगाएको यहांहरुमा विधितै छ ।’पालिकाले कडाईकासाथ युरिया, डिएपि र किटनाशक ओषधीप्रयोगमा बन्देज लगाएको यहांहरुमा विधितै छ ।

नगरपालिका क्षेत्रभित्र अर्गानिक कृषि उत्पादन अभिवृद्दि गर्ने उद्देश्यले “नगरको खुशी, रैथाने कृषि“ नामक अभियान समेत अगाडि बढाइएकौ नगरप्रमुख मावुहाङले जानकारी दिए ।

उनले जैविक मलको मात्रप्रयोग गरी आफ्नै करेसाबारी परिसरमा कृषकद्वारा उत्पादित सागसब्जी र फलफूललाई लालीगुरास नगरपालिका लगायत तराई मधेशका विभिन्न स्थानमा पुर्‍याउने भएकोले अर्गानिक कृषि क्षेत्रको रुपमा लाली गुरास नगरपालिकालाई चिनाउन कृषकहरुलाई अनुरोध समेत गरेका छन् ।

यस विषयमा नगरपालिकाले चौथो नगरसभबाट पारित गरेको समेत उनले जानकारी दिए ।यस विषयमा लालीगुराँस नगरपालिकाको अगुवाईमा यही मिति २०८१ साल चैत्र ३१ गते नगरपालिकाका जनप्रतिनिधि, स्थानीय अगुवा कृषक, कृषि सहकारी, कृषि समुह लगायत सरोकारवालासँग एक दिवसीय अन्तर्किया गोष्ठी आयोजना समेत गरिएको थियो ।

सो अन्तरक्रियामा नगरपालिका क्षेत्रभित्र रासायनिक मल र विषादि प्रयोगमा नल्याउन, खेतबारीमा परम्परागत जैविक विषादी एवम् प्राङ्गारिक मलको मात्र प्रयोग गर्ने, र कृषि एम्बुलेन्स खरिद गर्ने विषयमा छलफल भएको थियो ।

अर्गानिक कृषि उत्पादन गर्ने स्थानीय तहको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा यस नगरपालिकाको पहिचान स्थापित गरी कृषि पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले अर्गानिक कृषि उत्पादनमा जोड दिएको उनले बताए ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved