५ सयका ७ थान नक्कली नोटसहित भारतीय युवती विराटनगरमा समातिइन्

  • वैशाख १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगरस्थित एक किराना पसलमा सामान किन्न गएकी भारतीय युवती ५ सय दरका ७ थान नक्कली नोटसहित पक्राउ परेकी छन्।

पक्राउ परेकी युवती भारत बिहारको अररिया जिल्ला घर भएकी १९ वर्षीया सिम्पी बैसन्ती हुन्।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार बैसन्ती विराटनगर महानगरपालिका–१३ मा रहेको किराना पसलमा बुधबार सामान किन्न गएकी थिइन्।

पसलमा उनले भारतीय ५ सय रुपैयाँको नोट दिएकी थिइन्, जुन नक्कली भएको आशंका लागेपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बैसन्तीलाई नियन्त्रणमा लिएको थियो।

खानतलासी गर्दा उनका साथबाट ५ सय दरका ७ थान नक्कली भारतीय नोट फेला परेको दाहालले जानकारी दिए। साथै, उनको साथबाट ३ हजार १ सय रुपैयाँ नेपाली नगद पनि फेला परेको छ।

पक्राउ परेकी युवतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved