काटेर फालिएको अवस्थामा गाई गोरुको जस्तो खुट्टा भेटियो, अनुसन्धान समिति गठन

  • वैशाख ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इनरुवा/ सुनसरीको इनरुवा नगरपालिका–१ मा गाई वा गोरुको खुट्टाजस्तो देखिने वस्तु काटेर फालिएको अवस्थामा फेला परेको छ। (बुधवार)आज बिहान कृषि विकास बैंक नजिकैको सडकमा रहस्यमय ढंगले उक्त खुट्टा देखिएको हो।

स्थानीयवासीले बिहान करिब १० बजेतिर चौपायाको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार कसैले गाई वा गोरु काटेर खुट्टा फालेको हुनसक्छ भने कतै फालिएको खुट्टा कुकुरले ल्याएर सडकमा छाडेको पनि हुनसक्ने बताएका छन्।

घटनाको यथार्थ पत्ता लगाउन डीएसपी योगराज खतिवडाको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

उनले भने,गाई गोरुको जस्तो देखिने शंकास्पद खुट्टा फेला परेको छ। यो गम्भीर विषय हो, त्यसैले प्रभावकारी अनुसन्धानका लागि समितिले काम थालिसकेको छ।

प्रहरीले उक्त वस्तु चौपाया (जनावर) को खुट्टा हो वा होइन भन्ने पुष्टि गर्न प्राविधिक परीक्षणका लागि पठाउने तयारी गरिरहेको जनाएको छ।

साथै, वैज्ञानिक ढंगबाट विश्लेषण गरी घटनाको वास्तविकता सार्वजनिक गरिने पनि प्रहरी स्रोतले बताएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved